हङकङ प्रदर्शनः झण्डै १० हजार विद्यार्थीले गरे कक्षा बहिष्कार

 भदौ १६, २०७६ सोमबार १४:५७:२४ | एजेन्सी
unn.prixa.net

हङकङमा नयाँ शैक्षिक वर्षकाे पहिलो दिन माध्यमिक विद्यालय र विश्वविद्यालयका हजारौँ  विद्यार्थीहरुले कक्षा बहिष्कार गरेका छन् । 

कक्षा बहिष्कारमा २०० विद्यालयका १० हजार माध्यमिक विद्यार्थीहरुले भाग लिएको आयोजकहरुले अनुमान गरेका छन् । सामान्य दुई दिवसीय हडताल र ठूलो र्‍यालीको आह्वान गरिएकै दिन छात्रहरुले यस्तो 'एक्शन' लिएका हुन् । 

यही हप्ताको अन्तिममा भएका विरोध प्रदर्शनमा प्रदर्शनकारीहरु र प्रहरीबीच भएको संघर्षलाई हप्ताकै सबैभन्दा खराब हिंसाका रुपमा लिइएको थियो । 

गएको शनिबार प्रदर्शनकारीहरुले शहरको संसद भवनमा पेट्रोल बम प्रहारसँगै आगो पनि लगाएका थिए र भिडलाई तितरबितर गर्न प्रहरीले अश्रुग्याँस, रबरको गोली, पानीको फोहोरा प्रहार गरेकाे थियाे ।

हङकङ आफ्नो प्रदर्शनको १४ औँ हप्तामा प्रवेश गर्दैछ । अपराध गरेर हङकङ भाग्नेलाई मुद्दा चलाउनका लागि चीन पठाउने भन्ने ‘सुपुर्दगी’ कानुनको विरोधस्वरुप प्रदर्शन सुरु भएको थियो । 

सोमबार बिहानै प्रदर्शनकारीहरुले विभिन्न स्टेशनहरुमा रेल सेवाहरु अवरुद्ध गर्दा स्टेशनमा यात्रुहरुको ठूलो भिड लागेको थियो । तर पछि रेल सेवा फेरि सुरु गरिएको थियो । 

त्यसपछि माध्यमिक विद्यालयका छात्रहरु शहरको मध्य जिल्लामा रहेको एडिनबर्ग प्लेसमा एकत्रित भएका थिए । ‘म कुनै पनि अनुशासनात्मक परिणाम लिनको लागि तयार छुँ’, शाम शुई पो जिल्लामा रहेको एक कलेजका छात्र हङकङको अखबार साउथ चाइना मर्निङ पोस्टलाई बताए । 

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया