फिफाको नयाँ वरीयता: नेपाल पाँच स्थान माथि उक्लियाे, भारत एक स्थान तल झर्‍याे

 असोज २, २०७६ बिहीबार १४:५४:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

विश्व फुटबल महासंघ फिफाको नयाँ वरीयतामा नेपाल पाँच स्थान माथि उक्लिएको छ ।

फिफाले सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाल एक सय ६६ स्थानबाट एक सय ६१ औंँ स्थानमा पुगेको हाे । विश्व वरीयतामा दक्षिण एसियाली देशमा भारत सबैभन्दा अगाडि रहेको छ । एक स्थान तल झरेको भारत एक सय चार औँ स्थानमा छ । यस्तै माल्दिभ्स एक स्थान तल झर्दै एक सय ५३ स्थानमा पुगेको छ ।

भुटानले पनि एक स्थान सुधार गर्दै एक सय ८५ औंँ स्थानमा उक्लिएकाेकाे छ । श्रीलंका दुई स्थान तल झर्दै दुई सय दुईमा पुगेको छ । यस्तै पाकिस्तानले एक स्थान सुधार गर्दै दुई सय तीन औँ स्थानमा उक्लिएकाे छ ।

पछिल्लो पटक फिफा विश्वकपको दोस्रो चरणमा नेपालले दुई खेल खेलेको थियो । जसमा नेपालले एक खेलमा हारेको थियो भने एक खेल जितेको थियो । 

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया