पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
काठमाण्डौ – नेपाल टेलिकमको फोर जी सेवा देशका ३२ जिल्लाका ५० भन्दा धेरै शहरमा सुरु भएको छ । काठमाण्डौको एक होटलमा सातै प्रदेशका मुख्यमन्त्रीसँग भिडियो च्याट गरेर प्रधानमन्त्रीले फोर जी विस्तारको सुरुवात गर्नुभयो ।
यसका लागि सात वटै प्रदेशमा कार्यक्रम भएको थियो । काठमाण्डौबाट प्रधानमन्त्री र सात प्रदेशबाट मुख्यमन्त्री लाइभमा जोडिएर अलिअलि त कुरा गर्नुभयो । तर प्रविधिले साथ दिएन ।
भिडियो च्याटमा प्रधानमन्त्रीले सोध्नुभयो : आवाज आयो ?
प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले जवाफ दिनुभयो : झ्यारझ्यार आएको छ ।
गण्डकी प्रदेशका मुख्यमन्त्रीले बोलेको सुनिए पनि अरु मुख्यमन्त्रीको आवाज आएन । ४ मिनेटजति काठमाण्डौ र सात प्रदेशमा हेराहेर धेरै भयो । कुराकानी भएन ।
त्यसपछि प्रधानमन्त्रीले भन्नुभयो, ‘आज आवाज नआए पनि केही भएन, सुरुवात हो, अब बिस्तारै राम्रो होला ।’
सबै मुख्यमन्त्री अलमलिएपछि प्रधानमन्त्री ओलीले फोर जी सेवामार्फत नेपालको सूचना प्रविधिको क्षेत्र नयाँ युगमा प्रवेश गरेको बताउनुभयो । बीचैमा ओलीले भन्नुभयो, ‘साउन्ड बिग्रेको रहेछ ।’
अन्त्यमा प्रधानमन्त्रीले फोर जीको स्पिड चेक गर्नुभयो । फोरजी सेवाकोे डाउनलोड स्पिड २३५ एमबीपीएस र अपलोड २४.१ एमबीपीएस देखियो ।
सम्बन्धित समाचार
‘६७ सय टावरमार्फत फागुनभित्र देशैभरी फोरजी सेवा पुग्छ, नागरिकले भन्नेछन्, ‘नेपाल टेलिकम हुँदाहुँदै अरु किन खोज्ने ? |
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।