कीर्तिपुरमा क्रिकेट उत्सव : रुखमा चढेर खेल हेर्दै दर्शक (फोटो ...
मंसिर १५, २०८१ शनिबार
पाँच देश सम्मिलित टी-२० क्रिकेट श्रृङ्खलामा नेपालले हङकङलाई हराएको छ ।
ओमानमा हङकङले दिएको १ सय २६ रनको लक्ष्य नेपालले १९ ओभरमा ६ विकेट गुमाएर पूरा गर्याे । नेपालका लागि विनोद भण्डारीले अर्धशतक बनाए । उनले ४ चौका र ३ छक्काको मद्दतमा ४८ बलमा ५८ रन बनाएका हुन् ।
यसअघि नेपालले सुरुवात भने राम्रो गर्न सकेन । कप्तान पारस खड्का पहिलो बलमा नै आउट भएका थिए । त्यसपछि तेस्रो ओभरमा पवन सर्राफ व्यक्तिगत १० रनमा आउट भए । छैठौँ ओभरमा २७ रन बनाएको अवस्थामा नेपालका दिपेन्द्रसिंह ऐरी ६ रन बनाएर र सातौँ ओभरमा रोहित कुमार पौडेल आउट भएपछि इनिङ संकटमा परेको थियो ।
तर छैठौँ ब्याट्सम्यानका रुपमा आएका विनोद भण्डारीले उत्कृष्ट ब्याटिङ गर्दै नेपाललाई जित दिलाए ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङले २० ओभरमा ६ विकेट गुमाएर १ सय २५ रन बनाएकाे थियो । हङकङकलाई मध्यम स्कोरमा समेट्न नेपालका करण केसीले ४ र अविनास बाेहराले १ विकेट लिए ।
नेपालले साेमबार नेदरल्याण्ड्ससँग खेल्नेछ ।
प्रतियोगितामा आइतबार भएको पहिलो खेलमा टेस्ट मान्यता राष्ट्र आयरल्याण्डलाई घरेलु टोली ओमानले ४३ रनले पराजित गरेको थियाे । ओमानले दिएको १ सय ७४ रनको लक्ष्य पछ्याएको आयरल्याण्ड १६ ओभर २ ओभरमा १३० रनमा अल आउट भयो । ओमानले शनिबार हङकङलाई पनि हराएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।