घरेलु टाेली अस्ट्रेलियामाथि भारतकाे २ सय १८ रनकाे अग्रता
मंसिर ८, २०८१ शनिबार
दाेलखा - राजनीतिमा अपराधीकरणलाई स्थान नभएको नेपाल सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले बताउनुभएको छ ।
माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको निरीक्षण पश्चात सदरमुकाम चरिकोट आइपुग्नुभएका मन्त्री बाँस्कोटाले राजनीतिमा अपराधीकरणलाई कुनै स्थान नभएको पुष्टि वली सरकारले गरेको बताउनुभयो ।
वर्तमान सरकारले सुन तस्कर, अपराधीदेखी विभिन्न अभियोग लागेका सांसद समेतलाई पक्राउ गर्न सफल भएको भन्दै उहाँले नेकपा सरकारले सामाजिक न्याय स्थापना गरेर छाड्ने बताउनुभयो । राजनीतिको आडमा अपराध गर्ने जोकोहीलाई सरकारले नछोड्ने उहाँको भनाइ थियो ।
अर्को प्रसंगमा मन्त्री बाँस्कोटाले नेपाली पत्रकारिता हेडलाइनकारितातर्फ उन्मुख भएको बताउनुभयो । पूजाकारिता, मिसनकारिता, पार्टीकारिता छाेडेर व्यवसायिकतातर्फ केन्द्रित हुनुपर्नेमा हेडलाइनकारिता तर्फ अघि बढेको उहाँको आरोप थियो ।
उहाँले नेपाली पत्रकारिता जगत हेडलाइनकारिता तर्फ अघि बढ्दा सत्य तथ्यमा ध्यान नदिइ भ्रमको खेती भइरहेको भन्दै मन्त्री बाँस्कोटाले नेपाली मिडियालाई भ्रमको खेती नगर्न आग्रह गर्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
उज्यालोका दोलखा सहकर्मी उषा तामाङ कालीञ्चोक एफएममा पनि कार्यरत हुनुहुन्छ ।