अर्थमन्त्रीको सफलता : ‘डुइङ बिजनेश’मा नेपालको उल्लेख्य सुधार

 कात्तिक ७, २०७६ बिहीबार १०:१३:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – ब्यापार व्यवसाय गर्ने वातावरणलाई लिएर विश्व बैंकले तयार पार्ने डुइङ बिजनेश रिपोर्टमा नेपालले उल्लेख्य सुधार गरेको छ ।

गएको वर्ष ११० औँ स्थानमा रहेको नेपालले १६ अंक सुधार गर्दै ९४ स्थानमा उक्लिएको छ । नेपालले १० सुचकाङ्क मध्ये ५ मा सुधार सुधार गरेको छ ।  ३ सुचकांकमा गिरावट आएको छ भने २ मा स्थीर रहेको छ  । दक्षिण एसियामा नेपाल तेस्रो स्थानमा छ  । दक्षिण एसियाको हकमा ६३ स्थानमा रहेको भारत पहिलो र ८९ स्थानमा रहेको भुटान दोस्रो स्थानमा छ ।

सबैभन्दा राम्रो सुधार गर्ने विश्वका २० देशमध्ये ३ देश दक्षिण एसियाकै रहेका छन् । भारत पाकिस्तान र बंगलादेश सुधार गर्ने शीर्ष २० मा रहेका छन् । भारत ४ वर्षअघि १ सय ४२ स्थानमा थियो ।

डुइङ बिजनेशको शीर्ष स्थानमा भने क्रमशः न्युजिल्याण्ड, सिंगापुर, हङकङ्, डेनमार्क र दक्षिण कोरिया रहेका छन् । राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष तथा अर्थविद् डा. स्वर्णिम वाग्लेले नेपालको सुधारलाई सकारात्मक रुपमा लिँदै व्यवसायमैत्री आर्थिक सुधारलाई थप विस्तारित र गहिरो बनाउँदै लैजानुपर्ने बताउनुभएको छ ।

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया