गुगलले डेटा सेन्टर सञ्चालन गर्न फिनल्याण्डमा २ करोड ७० लाख यूर...
मंसिर १५, २०८१ शनिबार
काठमाण्डाै - दूरसञ्चार सेवा प्रदायक कम्पनी एनसेलले अब २१ अर्ब १० करोड रुपैयाँ मात्रै पुँजीगत लाभकर तिरे पुग्ने भएको छ ।
यसअघि ठूला करदाता कार्यालयले ३९ अर्ब ६ करोड रुपैयाँ कर तिर्न भनेको थियो । एनसेलको शेयर स्वामित्व खरिद विक्री भएबापत एनसेलले तिर्नुपर्ने करमा ठूला करदाता कार्यालयले त्रुटि गरेको भन्दै सर्वोच्चले १७ अर्ब ९५ करोड रुपैयाँ कम गरी २१ अर्ब १० करोड रुपैयाँ मात्रै तिर्नुपर्ने फैसलाको पूर्णपाठ सार्वजनिक गरेको हो ।
गएको वैशाखमा ठूला करदाता कार्यालयले एनसेलले ६२ अर्ब ६३ करोड रुपैयाँ कर तिर्नुपर्ने जनाएको थियो । त्यसमध्ये २३ अर्ब ५७ करोड ४२ लाख तिरेको र ३९ अर्ब ६ करोड तिर्न बाँकी रहेको ठूला करदाता कार्यालयले जनाएको थियो । तर त्यो निर्णयविरुद्ध एनसेल सर्वोच्चमा गएको थियो ।
न्यायाधीशहरु तेजबहादुर केसी, पुरुषोत्तम भण्डारी, डम्बरबहादुर शाही, सुष्मालता माथेमा र मनोजकुमार शर्माको बृहत पूर्ण इजलासले ठूला करदाता कार्यालयले १७ अर्ब ९५ करोड रुपैयाँ बढी कर निर्धारण गरेको निष्कर्षसहितको फैसला गरेको हो । ठूला करदाता कार्यालयले केही शुल्क निर्धारणमा त्रुटि गरेको सर्वोच्चको फैसलाको पूर्णपाठमा उल्लेख छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।