भारतसँगको टेस्टमा अस्ट्रेलिया पहिलो पारीमा १ सय ४ रनमै अलआउट
मंसिर ८, २०८१ शनिबार
काठमाडाैं - पत्रकार ऋषि धमलाको सबल र दूर्बल पक्षलार्इ समेटेर तयार पारिएकाे ‘धमला धमला ऋषि धमला’ बाेलकाे गीत सार्वजनिक भएको छ।
मंगलबार काठमाडौँमा पत्रकार सम्मेलन गरी गीत सार्वजनिक गरिएकाे हाे ।
हाइलाईट्स नेपालको यूट्यूब च्यानल मार्फत् सार्वजनिक गरिएको गीतको म्यूजिक भिडियो अहिलेसम्म झण्डै २२ हजार ५ सय भन्दा बढीले हेरीसकेका छन् ।
धमलाको व्यक्तित्वमा आधारित रही बनाईएको उक्त गीत सञ्चारउद्यमी, गीतकार, संगीतकार तथा गायक सन्तोष देउजाले सार्बजनिक गर्नु भएकाे हाे । गीतमा चर्चित लोक तथा दोहोरी गायिका राधिका हमाल र प्रदीप त्रिपाठीले आवाज भरेका छन् भने राकेश सोनीले संगीत संयोजन गरेका छन् ।
प्रकाश भट्टले निर्देशन गरेको म्युजिक भिडियोमा स्वयं ऋषि धमला र चर्चित मोडल अञ्जली अधिकारीकाे साथै धमला पत्नी एलिजाको पनि अभिनय रहेको छ।
ऋषि धमलाको आलोचना र प्रशंसाले भरिएको गीतको रेकर्डिङ र म्यूजिक भिडियो छायांकनकै क्रममा सामाजिक सञ्जाल, विभिन्न प्रिन्ट तथा अनलाइन मिडियामा भाइरल बनिसकेको छ ।
पत्रकार सम्मेलनमा गीतकार देउजाले छुट्टै धारमा रहेर बनेको यस गीत तथा म्यूजिक भिडियोले गीत संगीत पारखी श्रोता तथा दर्शकहरुको मन जित्ने विश्वास व्यक्त गर्नुभयाे ।
कुनै पत्रकारलाई केन्द्रमा राखेर तयार भएको सायद पहिलो गीत भएको र गीतलाई समसामयिक गीतको रुपमा आफूले लिएको गीतकार देउजाले बताउनुभयाे । यस अघि देउजाकाे शब्द रचना रहेका झण्डै अाधा दर्जन जति गीत बजारमा अाइसकेकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।