पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
डोटी - जोरायल गाउँपालिका वडा नम्बर-१, गैरामा रहेको घण्टेश्वर प्रहरी चौकीमा कार्यरत दुई प्रहरी निलम्बित भएका छन् ।
प्रहरी जवान शंकर खड्का र प्रहरी जवान दीपक शामन्तलाई जिल्ला प्रहरी कार्यालय डोटीले बिहीबार निलम्वन गरेको हाे । गएकाे मंसिर ८ गते आइतवार जोरायल गाउँपालिका–४ घर भएर कैलालीको गोदावरी बस्दै आएका २१ वर्षीय गाडी चालक गणेश पालीको घण्टेश्वर प्रहरी चौकीमा हिरासतमा रहेका बेला मृत्यु भएको विषयमा अनुसन्धान गर्न उनीहरुलाई निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा एसपी दिलिपसिंह देउवाले बताउनुभयो ।
उहाँले भन्नुभयो, दुई जना प्रहरी जवानविरुद्ध कुटपिट गरेर मारेको भन्ने किटानी जाहेरी परेकाले आवश्यक अनुसन्धान गर्नका लागि निलम्बन गरी छानबिन गर्दैछौँ ।
मृतका बुवा तिलक सिंंह पालीले प्रहरी जवान शंकर खड्का र प्रहरी जवान दीपक शामन्तले प्रहरी हिरासतमा रहेको आफनो छोरा गणेशलाई कुटेर मारेकोे भन्दै उनीहरुका नाममा कर्तव्य ज्यान शीर्षकमा किटानी जाहेरी दिएपछि त्यसकै सन्दर्भमा प्रहरी कार्यालयले दुवै जवानलाई पक्राउ गरी निलम्बन गर्दै जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको हाे ।
मृतक पाली डोटीको गैरा भन्ने ठाउँका उद्धव सिंंह सेठीको से १ ज २९२ नम्बरको जीपका चालक हुनुहुन्थ्याे । उहाँको शव बिहीबार डडेल्धुरा अस्पतालमा पोष्टमार्टम गरी परिवारलाई बुझाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कर्णबहादुर बोहराले जानकारी दिनुभयो ।
आरोपित प्रहरी जवानद्वयलाई पक्राउ गरी निलम्बन गरिएसँगै स्थानियवासीले बुधबारदेखि गैरामा गरेको बन्द समेत फिर्ता लिएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।