पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
कास्की – पोखराको वाराही चोकमा शुक्रबारदेखि आठौँ नेपाल साहित्य महोत्सव सुरु भएको छ । बुकवर्म फाउण्डेसन र र्यान्डम रिडर्स सोसाइटीको आयोजनामा सुरु भएको साहित्य महोत्सव मंसिर ३० गतेसम्म चल्नेछ ।
पर्यटकीय नगरी लेकसाइडको फेवातालको किनारमा हुने महोत्सवमा १ सय १० भन्दा बढी वक्ता सहभागी हुनेछन् । महोत्सवका निर्देशक अजित बरालले फेस्टिबलमा यसपटक ९८ प्रतिशत नयाँ वक्तालाई समेटिने बताउनु भयो । योभन्दा अगाडि पुरानै अनुहार दाहोरिएको सुझावलाई मध्यनजर गरी यो वर्ष केही सुधार गर्न खोजेको उहाँको भनाइ थियो ।
४ दिनसम्म चल्ने महोत्सवको उद्घाटनमा पूर्व अर्थ मन्त्री एवं नागरिक समाजका अगुवा देवेन्द्रराज पाण्डेको विद्वत प्रवचन रहने बरालले बताउनु भयो ।
र्यान्डम रिडर्स सोसाइटीका अध्यक्ष केशवशरण लामिछानेले फेस्टिभलले पोखरेली साहित्य उजागर गर्न मद्दत पुगेको दाबी गर्नुभएको छ । यो महोत्सवले पोखराको पर्यटनमा टेवा पुग्ने पनि उहाँको भनाइ थियो । पोखरामा आयोजना हुँदा साहित्यमा नवप्रवेशीहरुलाई पनि धेरै सहयोग पुग्ने उहाँले बताउनुभयो ।
५ औं संस्करणदेखि पोखरामा आयोजना गर्न थालिएको यो महोत्सव सुरुमा पर्यटन बोर्डको परिसरमा भएको थियो । त्यसपछि भने लेकसाइडको वाराही चोकमा हुँदै आएको छ ।
महोत्सवको ८ औं संस्करणमा दक्षिण एसियाली राष्ट्रको सर्वोत्कृष्ट पुरस्कार डीएससी पुरस्कार प्रदान गरिने भएको छ । २५ हजार अमेरिकी डलर (२७ लाख ५० हजार रुपैयाँ) राशि बराबरको पुरस्कार दक्षिण एसियाली साहित्यिक पुरस्कार गुठीले ८ वर्षदेखि प्रदान गर्दै आएको हो ।
यो पुरस्कार नेपाली साहित्यकारको लागि पनि नजिकको पुरस्कार भएको बरालले बताउनुभयो ।
यस पुरस्कारको शर्ट लिस्टमा अमिताभ बग्चीको ‘हाफ द नाइट इज गोन’, जमिल जान कोचाइको ‘नाइन्टी नाइन नाइट्स इन लोगार’, माधुरी विजयको ‘द फार फिल्ड’, मनोरञ्जन व्यापारीको ‘देअर इज अ गनपावडर इन द एअर’, राजकमल झाको ‘द सिटी एण्ड द सी’ र सदिआ अब्बासको ‘द एम्प्टी रुम’ रहेका छन् ।
कार्यक्रम तालिका हेर्नुस्-
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।