‘सुश्री सम्पत्ति’को ‘हुकुम’मा यसरी सजिए कलाकार

 साउन ३, २०७५ बिहीबार १९:५८:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

पछिल्लो समय सिनेमाको कथासँगै सिनेमाको गीतलाई पनि निकै ध्यानदिने गरिन्छ । 

सिनेमाको प्रचार प्रसारको लागि गीतले महत्वपूर्ण भूमिका निर्वाह गर्ने भएकाले पनि सिनेमाको गीत निर्माणमा निर्माण पक्षले मिहिनेत गर्ने गरेको छ । 

यस्तै मिहिनेत हालै मात्र भाद्र २२ मा प्रदर्शनमाआउने चलचित्र ’सुश्री सम्पति’को गीतको छायांकनमा पनि देखियो । 

सुश्री सम्पत्तिमा समावेश ’हुकुम’ बोलको गीतमा पनि निर्माण पक्षले फरकपन ल्याउने कोशिश गरेको देखिएको छ । 

‘हुकुम’मा पाटन दरबार वरिपरिका दृश्यहरु समेटिएको छ ।

यस गीतमा दरबारमा भारदारहरुसँगको नाच र रमाइलो प्रस्तुत गरिएको छ भने पोशाक पनि त्यहि अनुरुप तयार पारिएको छ ।

यस गीतमा कलाकार सलोन बस्नेत, सारा सिर्पाली र बिनोद न्यौपाने बाहेक झन्डै ८० भन्दा बढी कोरस प्रयोग भएका छन् । 

गम्भीर बिस्टको कोरियोग्राफी रहेको यस गीतमा सुरेश अधिकारीको शब्द र संगीत रहेको छ भने  बिशाल राई र मेलिना राइको आवाज रहेको छ । 

गीतलाई शिवराम श्रेष्ठले छायाँकन गरेका छन् तर सिनेमाको छायाकंन भने अर्जुन तिवारीले गरेकाहुन् । 

रङ पत्रकार सुव्रतआचार्यको निर्देशनमा तयार भएको सिनेमामा सलोन बस्नेत, सारा सीपाईली, विनोद न्यौपाने, प्रमोद अग्रहरी, राजारामपौडेल, विशारद बस्नेत, सुनिताश्रेष्ठ ठकुरी, सन्तोष खनाललगायतकाकलाकारहरुको अभिनय रहेकोछ भने अभिनेत्री प्रियंका कार्की पनि अतिथि भूमिकामा देखिनेछिन् ।

रमेश त्वयना प्रस्तुतकर्ता रहेको ‘सुश्री सम्पत्ति’को कथा निर्देशक सुव्रतले नै लेखेकाहुन् ।

अभिमन्यू निरवी र निर्देशक आचार्यको सम्वाद रहने यस सिनेमालाई भरत रेग्मीले सम्पादन गरिरहेका छन् ।

उज्यालाे र गफगाफ डट कमकाे सहकार्य
 

अन्तिम अपडेट: मंसिर ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया