बमको आशंकामा डिस्पोज, भेटियो चरेस !

 मंसिर २८, २०७६ शनिबार १४:२१:३४ | भावुक योगी
unn.prixa.net

बर्दिया - बर्दियाको भुरीगाउँ नजिकैको सडक किनारमा शनिबार बिहान शंकास्पद झोला देखेपछि स्थानीय नागरिक त्रसित भए ।

शुक्रबार राति मात्रै धनुषामा शंकास्पद झोला निष्क्रिय पार्न खोज्दा प्रहरी निरीक्षकसहित तीन जनाको ज्यान गएको थियो । त्यो खबरले पनि स्थानीयले शंकास्पद झोलामा बम छ कि भन्ने आशंकाले प्रहरीलाई खबर गरे । ठाकुरबाबा नगरपालिका–२ सिँहवाहिनी क्याम्पस नजिक राजमार्ग किनारमा कालो झोला फेला परेपछि बिहान ८ बजेतिर स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

खबर पाएलगत्तै नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली घटनास्थलमा पुगेको थियो । तर शंकास्पद अवस्थामा भेटिएको झोलामा रहेको बस्तुलाई सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय पार्न खोज्दा चरेस फेला परेको छ ।

शंकास्पद झोलाभित्र झण्डै ११ किलो चरेस फेला परेको इलाका प्रहरी कार्यालय भुरीगाउँका प्रहरी निरीक्षक बसन्त पाण्डेले जानकारी दिनुभयो ।

सुरक्षाको दृष्टिकोणले बिहान साढे ९ बजेदेखि मध्यान्न १२ बजेसम्म राजमार्गमा गुड्ने यातायातका साधनमा रोक लगाइएको बर्दियाका प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाले बताउनुभयो ।

हिँडडुल गर्नेलाई भने सडकदेखि तलतिरबाट आवतजावत गर्न दिइएको थियो । सदरमुकाम गुलरियाबाट बिहान ११ बजेतिर पुगेको नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्क्रिय गर्न तयारी गर्दा झोलाभित्र चरेस फेला पारेको हो । 

दिउँसाे सवा १२ बजेपछि यातायात सञ्चालन भएको छ ।

शनिबार बिहान राजमार्गमा पर्ने भुरीगाउँको रानीपुर चोकमा ट्राफिक प्रहरीले नियमित चेक गरिरहेको थियो । अगाडि प्रहरीले चेक गरिरहेको थाहा पाएपछि चरेससहितको झोला राजमार्ग किनारमा फालेको हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।   

अन्तिम अपडेट: मंसिर ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया