नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डौ – विश्वको सर्वाेच्च शिखर सगरमाथाको नाम लिने बित्तिकै नेपालीहरु आफूलाई निकै गौरवान्वित महसुस गर्छन् । अब नेपालीहरुको गौरव अझै बढ्ने भएको छ ।
अब नेपालको सगरमाथा र लागीगुराँसलाई विश्वले अझै नजिकबाट नियाल्ने भएका छन् । संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय खगोल युनियन (आईएयू) ले एउटा तारा र त्यसलाई घुम्ने ग्रहको नाम ‘सगरमाथा’ र ‘लालीगुराँस’ राखेको छ।
फ्रान्सको पेरिसमा मंगलबार आईएयूले स्थापनाको सय वर्ष पुगेको अवसरमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेपाली नामबाट तारा र ग्रहको नामाकरण गरेको हो।
यसअघि आईएयूले नेपाललाई एउटा तारा र ग्रहको नाम नेपाली नामबाट राख्ने अवसर दिएको थियो।
नाम छनोटको लागि नेपाल एस्ट्रोनोमिकल सोसाइटीले सुरेश भट्टराईको अध्यक्षतामा ५ सदस्यीय टोली बनाएको थियो। नाम राख्नका लागि सोसाइटीले आफ्नो बेवसाइटमार्फत् नाम सिफारिस गर्न आह्वानसमेत गरेको थियो।
सोसाइटीले गएको अगस्ट ३१ मा ४७६ ग्रह र ताराका नाम प्राप्त गरेको थियो । त्यसमध्ये बाट सोसाइटीले पाँच–पाँच वटा नाम छनोट गरी आर्इएयूलाई बुझाएको थियो।
सोसाइटीले गोर्खा, सगरमाथा, अरनिको, गौतम बुद्ध, जानकी, भृकुटी, यति, लालीगुराँस, डाँफे, कुमारी जस्ता दश वटा नाम पठाएको थियो।
त्यसबाट पनि आईएयूले विभिन्न चरणमा छनोट गरी मापदण्ड पूरा भएका र चित्त बुझ्दो विश्लेषणका आधारमा लालीगुराँस र सगरमाथा छनोट गरेको थियो।
आइएयुले ११२ वटा राष्ट्रलाई नामाकरण गर्न ग्रह र ताराहरू छुट्टाइदिएको थियो। जसबाट नेपालको लागि एचडी १००७७७ वैज्ञानिक नाम भएको तारा (सगरमाथां) र त्यसलाई घुम्ने एचडी १००७७७ ‘बी’ नामक ग्रह (लालीगुराँस) को नामाकरण गर्न दिइएको थियो।
यी तारा र ग्रह सम्बन्धित राष्ट्रका राजधानीबाट टेलिस्कोपको माध्यमले देख्न सकिने एस्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।