भारतमा नागरिकता कानुनको विरोधमा भएको प्रदर्शनमा ज्यान गुमाउनेको संख्या १३ पुग्याे

 पुष ५, २०७६ शनिबार ७:३:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - भारतमा नागरिकता कानुनको विरोधमा भएको प्रदर्शनमा ज्यान गुमाउनेको संख्या १३ पुगेको छ ।

सरकारले नयाँ नागरिकता कानुनमा मुस्लिम लगायत समुदायलाई विभेद गरेको भन्दै चर्किएको प्रदर्शनमा शुक्रबार थप ६ जनाको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

शुक्रबार उत्तर प्रदेशमा भएको प्रदर्शनमा प्रहरीले गोली चलाउँदा ६ जनाको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । प्रहरी धरपकडमा ३२ जना घाइते भएका छन । दिल्ली, उत्तरप्रदेश लगायतका ठाउँमा प्रदर्शन चर्किएको छ । सरकारले प्रदर्शन गर्न रोक लगाए पनि नागरिकको विरोध प्रदर्शन कायमै छ ।

दिल्ली, मुजफ्फरपुर, मेरठ, गोरखपुर, बनारसलगायत झण्डै आधादर्जन जिल्लामा प्रहरीको निषेधाज्ञा तोड्दै हजारौ नागरिक सडकमा निस्किएर प्रदर्शन गरेका अन्तराष्ट्रिय सञ्चारमाध्मयले जनाएका छन् । 

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया