नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डाै - अमेरिकी आक्रमणमा इरानका उच्च सैन्य कमाण्डर मारिएपछि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढेको छ । तेलको मूल्य तीन प्रतिशतले बढेर प्रति ब्यारेल ६९ दशमलव ५० डलर पुगेको बीबीसीले जनाएको छ ।
यो भाउ अहिलेसम्मकै महंगो हाे । इराकको राजधानी बग्दादमा शुक्रबार अमेरिकाले गरेको आक्रमणमा इरानी सेनाको विशेष दस्ता क्विडका प्रमुख जनरल कासिम सुलेमानी मारिएपछि तेलको भाउ बढेको हो ।
विश्लेषकले अमेरिकी आक्रमणपछि क्षेत्रीय तनाब बढ्न सक्ने र विश्व तेल उत्पादनमा असर पर्ने चेतावनी दिएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्द सुरु गर्न नभई बन्द गर्न सुलेमानीको हत्या गरेको प्रतिक्रिया दिनुभएको छ ।
पेन्टागनले आक्रमणलाई प्रतिरक्षा कदम भनेको छ । इरानले भने आक्रमणलाई अन्तर्राष्ट्रिय आतंकवादको संज्ञा दिँदै कडा बदला लिने चेतावनी दिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।