गुगलले डेटा सेन्टर सञ्चालन गर्न फिनल्याण्डमा २ करोड ७० लाख यूर...
मंसिर १५, २०८१ शनिबार
काठमाण्डाै - नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइलका टावरहरुमा पुर्याएको क्षतिका सम्बन्धमा ध्यानाकर्षण भएको जनाएको छ ।
‘विगत केही समयको अन्तरालमा मोबाइल सेवाका टावरहरुमा क्षति पुर्याइ सेवा अवरुद्ध गर्ने कार्य भएकोप्रति यस नेपाल दूरसञ्चार प्राधिकरणको गम्भीर ध्यानाकर्षण भएको छ’, प्राधिकरणले निकालेको विज्ञप्तिमा भनिएको छ, ‘दूरसञ्चार सेवा हाल अत्यावश्यक सेवाको रुपमा स्थापित भैसकेको सन्दर्भमा यसरी सेवा अवरुद्ध हुँदा त्यसको प्रत्यक्ष असर आम नेपाली उपभोक्ताहरुमा पर्ने हुन्छ । नेपाली नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने अति आवश्यक दूरसञ्चार सेवाको पूर्वाधारका रुपमा रहेका टावरलगायतका प्रणालीमा क्षति नपुर्याउन र त्यस्तो कार्य तत्काल बन्द गरी निर्वाध रुपमा दूरसञ्चार सेवा सञ्चालन गर्ने वातावरण बनाउन सम्बन्धिक सबैमा अनुरोध गरिन्छ ।’
सोमबार मात्रै काठमाण्डौको दक्षिणकाली नगरपालिका छैमले र तारकेश्वर नगरपालिकामा रहेको एनसेलको टावरमा आक्रमण भएको थियो ।
एनसेलका अनुसार सन् २०१९ मा मात्रै ३० जिल्लाका ५० भन्दा बढी टावरहरुमा आगजनी भएको छ । यसबाट २ सय ५० भन्दा बढी टावरहरुले प्रदान गर्ने दूरसञ्चार सेवा प्रभावित भएको एनसेलले जनाएको छ।
यसअघि एनसेलको टावरहरुमा लगातार आक्रमण विप्लव समूहले नै गरेको पाइएको छ ।
एनसेलले गत आर्थिक वर्षमा विभिन्न शीर्षकमा ३४ अर्बभन्दा बढी कर दाखिला गरेको र स्थापनादेखि अहिलेसम्म २१० अर्ब कर तिरेको जनाएको छ ।
सर्वोच्च अदालतको फैसला र ठूला करदाता कार्यालयले निर्धारण गरे बमोजिम पूँजीगत लाभकर पनि पहिलो किस्ताका रुपमा ४ अर्ब ५० करोड रुपैयाँ दाखिला गरिसकेको एनसेलको भनाइ छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।