गुगलले डेटा सेन्टर सञ्चालन गर्न फिनल्याण्डमा २ करोड ७० लाख यूर...
मंसिर १५, २०८१ शनिबार
काठमाण्डाै - पुस मसान्तमा घटेको शेयर कारोबार मापक नेप्से परिसूचक माघको पहिलो दिन २० अंकले बढेको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार बुधबार नेप्से परिसूचक २०।८५ अंकले बढेर एक हजार २८४।२३ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ४।६८ अंकले बढेर २७८।९७ मा पुगेको छ । परिसूचक २० अंकले बढ्दा कारोबार रकम भने ९० करोडमा समेटिएको छ ।
स्टकका अनुसार बुधबार जम्मा १७७ कम्पनीका ३० लाख ५५ हजार २३३ कित्ता शेयर ९० करोड ४८ लाख १३ हजार ९३२ रुपैयाँमा खरीदबिक्री भयो ।
कारोबार भएका जम्मा १२ मध्ये तीन उपसमूहको शेयर ओरालो लागेको छ । होटल ३।५४ अंकले घट्दा उत्पादन १६।०६ र अन्य उपसमूहको शेयर ०।८४ अंकले गिरावट भएको छ । बैंकिङ २७।१६, व्यापार ६३।४७, विकास बैंक ३५।४२, जलविद्युत् ४।२९, फाइनान्स २०।१२, निर्जीवन जीवन बीमा २३।६३, माइक्रोफाइनान्स २७।२, जीवन बीमा ८१।०७ र सामूहिक लगानी कोष ०।०६ अंकले बढेका छन् ।
बुधबार सबैभन्दा बढी एनआइसी एसिया बैंकको शेयर कारोबार भयो । यस बैंकको शेयर सात करोड ४० लाख ७४ हजार ७७० मा खरीद बिक्री भयो । यस्तै एनएमबी बैंकको रु तीन करोड १८ लाख ८२ हजार ८२०, नेपाल बैंक लिमिटेडको रु दुई करोड ९० लाख ७१ हजार ९५३, नागरिक लगानी कोषको रु दुई करोड ८६ लाख ३१ हजार ६९६, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको रु दुई करोड ५८ लाख ६६ हजार ४३८, डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको रु दुई करोड २८ लाख ९१ हजार ४१८ र एभरेष्ट बैंक लिमिटेडको शेयर रु दुई करोड १७ लाख ७४ हजार १५७ मा खरीद बिक्री भयो ।
आज सबैभन्दा बढी विशाल बजार कम्पनीका शेयरधनीले ९।९८ प्रतिशतले कमाए । यस्तै रिलायन्स फाइनान्स ९।९२, इन्फिनिटी लघुवित्त वित्तीय संस्था ९।८८, महिला सहयात्रा माइक्रोफाइनान्स वित्तीय संस्था रु ९।८५, पाँचथर पावर कम्पान्ट लिमिटेड ९।७६ तथा पञ्चकन्या माइ हाइड्रोपावर र मञ्जुश्री फाइनान्स लिमिटेडको लगानीकर्ताले सामान ९।४७ प्रतिशतले कमाए ।
स्टकका अनुसार आज रैराङ हाइड्रोपावर डेभलपमेन्टको लगानीकर्ताले सबैभन्दा बढी ७।२७ प्रतिशतले गुमाए । यस्तै सेन्ट्रल फाइनान्स कम्पनी २।७५, शिवम् सिमेन्टस् लिमिटेड २।६५, सानिमा बैंक ९ऋणपत्र० २, दिव्यश्वरी हाइड्रोपावर १।८८ र कर्णाली डेभलपमेन्ट बैंक लिमिटेडका शेयरधनीले १।७८ प्रतिशतले गुमाए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।