दक्षिण कोरियामा राष्ट्रपतिलाई पक्राउ गर्न प्रहरी राष्ट्रपति निवासमा
पुस १९, २०८१ शुक्रबार
ओमान खाडी मुलुकहरुमध्येमा पहिलो स्वतन्त्र राज्य हो । खाडी क्षेत्रका परम्परागत देशहरूमा ओमान पनि पर्दछ । ओमान अरब प्रायद्विपको दक्षिण पूर्वी कुनामा खाडीको मुखमा अवस्थित छ । ओमान राजतन्त्रात्मक देश हो । राजधानी मस्कट हो । ओमानको पहिलो भाषा अरवि हो । अरु चलनचल्तीको भाषाहरु अंग्रेजी र उर्दु हुन । ओमानको मुद्रालाई ओमानी रियाल भनिन्छ । एक ओमानी रियाल बरावर झण्डै २ सय ७७ रुपैयाँ हुन्छ । यो विनिमय दर अमेरिकी डलरको भाउको उतारचढावसँगै तलमाथि हुने गर्छ । ओमानमा झण्डै १३ हजार नेपाली कार्यरत छन ।
ओमानमा इस्लाम धर्म मान्नेहरुको बाहुल्यता छ । गर्मी याममा धेरै गर्मी हुन्छ । जाडो याममा खासै जाडो हुँदैन । प्रवासी कामदारलाई कफला कानुन अन्तर्गत व्यवहार गरिने भएकाले उनीहरुको स्वतन्त्रता रोजगारदाताको निर्णयमा हुन्छ । कामका लागि रोजगारदातामै आश्रित हुनुपर्ने भएकाले स्पोन्सर प्रति कामदार बफादार हुनुपर्छ । काम बदल्न वा स्वदेश फिर्ता हुन रोजगारदाताको लिखित स्वीकृती चाहिन्छ । यसो नगरे कामदारलाई दुई वर्षको प्रतिबन्ध लाग्ने कानुनी व्यवस्था छ ।
ओमानमा हप्तामा ४५ घण्टा काम गर्नुपर्छ । र वर्षमा ३० दिन तलब सहितको विदा सुविधा प्रदान गर्दछ । यो सुविधा कम्पनी अनुसार फरक पर्न सक्छ । ओमान पुग्ने हरेक आप्रवासीले ३० दिन भित्र आधिकारिक निकायमा गएर आफ्नो दर्ता गराउनु अनिवार्य छ । ओमानमा नेपालको दूतावास मस्कटमा छ । कुनै समस्या परेमा मस्कट स्थित नेपाली दूतावासमा सम्पर्क गरे सल्लाह र सहयोग पाइन्छ ।
Embassy of Nepal
Shatti Al-Qurum
Villa 2563, Way 2834
Muscat, Sultanate of Oman
Tel: +96824696177
Fax: +96824696772
Email: [email protected]
ओमानमा रिता स्यामुयल नाम गरेकी भारतीय मूलकी ओमानी महिलाले आप्रवासी कामदारलाई सहयोग गर्दै आउनुभएको छ । उहाँले सन् १९९७ देखि यसरी ओमानमा दुःख भोगिरहेका आप्रवासी कामदारलाई आफ्नै संस्था रिता स्यामुयल काउन्सेलिङ सर्भिसेजबाट मद्दत गर्दै आउनुभएको छ । उहाँलाई तल दिइएको ठेगानामा सम्पर्क गर्न सकिन्छ ।
Rita Samuel Counseling Service
Tel: + 968-98884296
Fax: + 968-24535675
Email: [email protected]
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।