नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
भारतमाा निर्भयाको सामूहिक बलात्कार र हत्यामा संलग्नहरुलाई मृत्युदण्ड दिने मिति पर सारिएको छ । नयाँ दिल्लीमा २०१२ मा भएको सामूहिक बलात्कार घट्नाका दोषीहरूको मृत्युदण्ड दश दिन पर सरेको हो ।
पटियाला हाउस कोर्टले जारी गरेको वारेन्ट अनुसार चार जना दोषीहरुलाई फेब्रुअरी १ अर्थात माघ १८ गते फाँसी दिइनेछ । अदालतले दोषी ठहर गरेका अक्षय सिंह, विनय शर्मा, पवन गुप्ता र मुकेश सिंहलाई बिहान ६ बजे फाँसी दिइने अदालतले जनाएको हाे ।
यसपघि जनवरी २२ अर्थात माघ ८ गतेको लागि फाँसीको सजाय सुनाइएको थियो । तर, दोषी मध्येका मुकेश सिंहले दिएको जीवन रक्षाको अपील राष्ट्रपति रामनाथ कोविन्दले शुक्रबार खारेज गरेपछि उनीहरूको मृत्यदुण्ड निश्चित भएको हो ।
घटनामा संलग्न मुकेशका दाजु राम सिंहले २०१३ मा तिहाड जेलमा आत्महत्या गरिसकेका छन् । राष्ट्रपतिले जीवन रक्षाको अपिल खारेज गरेपछि अदालतका अधिकारीहरुले चार जना दोषीको विरुद्धमा नयाँ डेथ वारेन्टी जारी गरेकोे हो ।
सन् २०१२ को डिसेम्बर १६ मा २३ वर्षकी एक मेडिकल छात्रालाई गुडिरहेको बसमा सामूहिक बलात्कारपछि हत्या गरेको अभियोगमा ४ जनालाई मृत्युदण्डको सजाय सुनाइएको हो ।
यस्ताे थियाे घटना
सन् २०१२ डिसेम्बर १६ को रातको समयमा दिल्लीमा २३ वर्षीया एक मेडिकल छात्रालाई गुडिरहेको बसमा ६ जनाले सामूहिक बलात्कार गरेका थिए । चार जना दोषी बाहेक एक प्रमुख आरोपित राम सिंहले ट्रायको दौरान तिहाज जेलमा आत्महत्या गरेका थिए ।
घटना हुँदा नाबालिग रहेका एक जना अपराधीलाई सुधारगृह पठाइएको थियो । सन् २०१५ मा उनलाई सुधारगृहबाट रिहा गरिएको थियो । उनलाई सन् २०१३ अगस्ट महिनामा सुधारगृहमा तीन वर्ष बिताउने सजाय सुनाइएको थियो ।
अहिले उनी वयस्क भइसकेका छन् तर नियमका अनुसार उनको सजाय पूरा भइसकेको छ । अहिले उनी एउटा सहयोगी संस्थामा आबद्ध छन् किनकि बाहिर उनको सुरक्षा चिन्ताको विषय बनेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।