पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
सुुर्खेत - यातायात व्यवस्था कार्यालय सुर्खेतले वीरेन्द्रनगरबाट सवारी चालक अनुमति पत्र (लाइसेन्स) वितरण गर्न सुरु गरेको छ । यो सँगै कर्णाली प्रदेशबाट लाइसेन्स लिनका लागि अर्को प्रदेशमा जानुपर्ने बाध्यता हटेको छ ।
सुर्खेतमा यातायात व्यवस्था कार्यालय स्थापना भएको लामो समय बितिसक्दा पनि यहाँबाट लाइसेन्स वितरण हुन सकेको थिएन । एक वर्षअघि यातायात व्यवस्था कार्यालयले सवारी चालक अनुमति पत्र (लाइसेन्स) वितरण गर्न अनुमति पाए पनि कर्मचारी र पूर्वाधार अभावले लाइसेन्स वितरण गर्न नसकेको बताउँदै आएको थियो ।
यहाँबाट लाइसेन्स वितरण नहुँदा यस अघि प्रदेश नं ५ को नेपालगञ्जमा गएर सेवाग्राहीले लाइसेन्स लिनुपर्ने बाध्यता रहेको थियो । कार्यालयका निमित्त प्रमुख आनन्द चपाईका अनुसार ८० जनाले लाइसेन्स प्राप्तिका लागि अनलाइन फारम भरेका छन ।
सुर्खेतबाटै लाइसेन्स वितरण सुरु भएपछि आफूहरुलाई खुशी लागेको सेवाग्राहीले प्रतिक्रिया दिएका छन् । २०७० पुस १४ गते यातायात व्यवस्था इकाई कार्यालयको रुपमा स्थापना भएको यस कार्यालय स्तरउन्नत हुँदै गएकाे असोजमा यातायात व्यवस्था कार्यालय भएको थियो ।
अहिलेसम्म कार्यालयले रुट परमिट, लाइसेन्स, सवारी नविकरण, सवारी जाँच पासलगायतका कामहरु गर्दै आएको कार्यालयले अब स्मार्ट लाइसेन्स वितरण गर्ने निमित्त प्रमुख चपाईले बताउनुभयो ।
उहाँले डोजर जस्ता हेबी मेशिनरी तर्फको सवारी साधानको लाइसेन्स भने अहिलेको व्यवस्थापनले नसकिने भएकाले बिस्तारै दिइने जानकारी दिनुभयो । उहाँले कार्यालयबाट दैनिक २ सय जनालाई लाइसेन्स दिन सकिने पनि बताउनुभयो ।
लाइसेन्सका लागि यातायात व्यवस्था विभागको वेवसाइडमा गएर अनलाइन फारम भर्नुपर्ने उहाँले जानकारी दिनुुभयो । आइतबारदेखि बुधबारसम्म अनलाइन फारम दर्ता गर्न सकिने उहाँको भनाई छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।