यस्तो छ माथेमा आयोगको प्रतिवेदन

 साउन ७, २०७५ सोमबार १२:५८:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

सरकारले माथेमा आयोगको प्रतिवेदन विपरित चिकित्सा शिक्षा विधेयक संसदमा ल्याएको भन्दै डा. गोविन्द केसी अनसनमा हुनुहुन्छ । यो विधेयक फिर्ता हुनुपर्ने र काठमाडौंमा १० वर्षसम्म नयाँ मेडिकल कलेज खोल्न नहुने प्रावधानसहितको चिकित्सा शिक्षा ऐन जारी गर्नुपर्ने उहाँको माग छ ।

तीन वर्षअघि प्राध्यापक केदारभक्त माथेमाको संयोजकत्वमा बनेको आयोगले सरकारलाई दिएको प्रतिवेदन कार्यान्वयन गर्नुपर्ने डा. केसीको भनाई हो । कार्यदलले २०७२ असारमा तयार पारेको प्रतिवेदनमा चिकित्सा शिक्षाको क्षेत्रमा देखिएका समस्या र चुनौतीको विश्लेषण गर्दै आफ्नो सुझाव दिएको छ । 

प्रतिवेदनमा काठमाण्डौं, ललितपुर र भक्तपुर जिल्लामा मेडिकल, डेन्टल र नर्सिङ्ग विषयमा स्नातक कार्यक्रम सञ्चालन गर्न अबको दश वर्षसम्म कुनै पनि संस्थालाई आशयपत्र प्रदान नगर्न सुझाव दिइएको छ । 

यस्तै आशयपत्र प्राप्त गरी पूर्वाधार पूरा गरेकाको हकमा सम्बन्धित शिक्षण संस्थाले सरकारलाई सम्पत्ति हस्तान्तरण गर्न चाहेमा सरकारले नियामानुसारको उचित मुआब्जा दिई सरकारले स्वामित्व ग्रहण गर्न सक्ने उल्लेख छ ।

अबदेखि मेडिकल वा डेन्टल दुवै गरी एउटा विश्वविद्यालयले पाँचवटा भन्दा बढी कलेजलाई सम्बन्धन दिन नपाइने तर यसअघि नै दिई सकेको सम्बन्धनको हकमा यो प्रावधान लागू नहुने उललेख छ ।

यस्तै प्रत्येक विकास क्षेत्र वा सम्भावित प्रदेशमा कम्तीमा एक/एक वटा सार्वजनिक स्वास्थ्य शिक्षण संस्था सञ्चालन गर्न र यसरी स्थापना गर्दा हालसम्म नभएका विकास क्षेत्रमा मात्र गर्न सुझाव दिइएको छ ।

पाँच वर्षसम्म देशभरी नयाँ नर्सिङ कलेजको लागि आशयपत्र नदिन, तर मेडिकल कलेज सञ्चालन भइसकेको अवस्थामा सोही कलेजलाई नर्सिङ कार्यक्रम सञ्चालन गर्न दिन सकिने प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनको पूर्ण पाठ हेर्नुहोस् :

अन्तिम अपडेट: फागुन २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया