म्याडम टुसाड संग्रहालयमा अब शाहिद कपूरकाे पनि मैनको प्रतिमा

 साउन ८, २०७५ मंगलबार १४:६:३० | उज्यालो सहकर्मी
unn.prixa.net

हालै अभिनेत्री दीपिका पादुकोणको मैनको प्रतिमा म्याडम टुसाड संग्रहालयको दिल्ली शाखा र लण्डनमा बनाइने खबर सार्वजनिक भएको थियो । 

दीपिका पादुकोणपछि अब अभिनेता शाहिद कपूरको पनि मैनको प्रतिमा बन्ने खबर सार्वजनिक भएको छ ।

शाहिद कपूरले सामाजिक सञ्जालमार्फत् यस कुराको खुलासा गरेका छन् । 

शाहिदले उनको इन्स्टाग्राममा म्याडम टुसाड लेखिएको बक्स अगाडि नक्कली आँखासहित खिचिएको तस्बिर पोस्ट गरेका छन् ।

यस अघि अभिनेत्री दीपिका पादुकोणले पनि यसरी नै तस्बिर खिचेर सामाजिक सञ्जालमा पोष्ट गरेकी थिइन् । 

अभिनेत्री दीपिका पादुकोण र शाहिद कपूर अघि बलिउडका कैयौं कलाकारहरुको प्रतिमा म्याडम टुसाड संग्रहालयमा राखिसकिएको छ । 

अहिलेसम्म म्याडम टुसाड संग्रहालयमा अमिताभ बच्चन, ऐश्वर्या राय बच्चन, शाहरुख खान, सलमान खान, कटरिना केफ, ऋतिक रोशन, माधुरी दीक्षित र करिना कपूर खान लगायतका कलाकारको मैनको प्रतिमा बनिसकेको छ । 

अभिनेता शाहिद कपूरले हालै ‘बत्ती गुल मीटर चालु’ फिल्मको छायाँकंन पुरा गरेका छन् । यसअघिको अक्षय कुमार अभिनित सुपरहिट फिल्म ‘ट्वाइलेटः एक प्रेम कथा’ का निर्देशक श्री नारायण सिंहले यस फिल्मको निर्देशन गर्दैछन् ।

यस फिल्ममा शाहिद कपूर वकिलको भूमिका बिजुलीको मुल्य वृद्धिको मुद्दालाई उठाउनेछन् । फिल्ममा शाहिद कपूरका अलावा अभिनेत्री श्रद्धा कपूर र यामी गौतमको अभिनय रहनेछ । 

यस फिल्मका अलावा शाहिद कपूर तेलुगु फिल्म ‘अर्जुन रेड्डी’को हिन्दी रिमेकमा पनि काम गर्दैछन् । 

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया