सिड्नीमा वर्षाले डढेलो निभायो : बाढीले जनजीवन अस्तव्यस्त

 माघ २७, २०७६ सोमबार ११:९:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - अष्ट्रेलियाको सिड्नीमा ३० वर्षयताकै ठूलो पानी परेपछि डढेलो निभेको छ । ७४ दिनदेखि फैलिरहेको करोवान नामको डढेलो पानी परेपछि निभेको बीबीसीले जनाएको हो । 

पाँचसय हेक्टरको जङ्गलमा फैलिएको डढेलोमा ३ सय १२ वटा घर जलेर नष्ट भएका थिए । चार दिनमा झण्डै चार सय मिलिमिटर पानी पर्दा आगो निभे पनि बाढीका कारण सिड्नीको जनजीवन भने अस्तव्यस्त भएको खबरमा उल्लेख छ ।

बाढीका कारण हजारौँ मानिस घर छाडेर सुरक्षित ठाउँमा गएका छन् भने रेल र डुङ्गा सेवा अवरुद्ध भएको छ । झण्डै एक लाख घरमा बिजुली अवरुद्ध भएको छ । अचानक ठूलाे बाढी समेत आउन सक्ने त्यहाँको मौसम सम्बन्धी कार्यालयले चेतावनी दिएको छ ।

बाढीमा फोहोर बगाएर ल्याउने सम्भावना धेरै रहेकाले डढेलो प्रभावित क्षेत्र नै बाढीको धेरै जोखिममा रहेको कार्यालयले चेतावनी दिएको छ । वर्षौदेखि सुख्खा रहेको सिड्नीमा ठूलो पानी परेकाले पानीको आपूर्ति भने सहज हुने आशा गरिएको खबरमा उल्लेख छ ।
 

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया