नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डाै – देशका धेरै ठाउँमा चिसो कम हुँदै गएको छ । देशभरिकै न्यूनतम तापक्रम बढ्दै गएपछि चिसो कम हुँदै गएको हो ।
मङ्गलबार बिहान काठमाण्डाैको तापक्रम १ डिग्री सेल्सियसले बढेको छ । साेमबार २ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको काठमाण्डाैको मङ्गलबार बिहानको तापक्रम ३ दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
काठमाण्डाैको मङ्गलबार दिउँसोको तापक्रम १९ देखि २१ डिग्री सेल्सियससम्म पुग्ने महाशाखाको अनुमान छ ।
यस्तै साेमबार माइनस ५ दशमलव ४ डिग्री सेल्सियस मापन गरिएको जुम्लाको मङ्गलबार बिहानको तापक्रम माइनस ३ दशमलव ६ डिग्री सेल्सियसमा झरेको छ ।
यसैबीच अबको तीन दिन देशभरिकै मौसम आंशिक बदली हुने मौसमविद्ले बताएका छन् । तत्काल पानी र हिउँ पार्ने प्रणाली सक्रिय नभएकाले अबको तीन दिन देशभरिकै मौसम आंशिक बदली हुने सम्भावना रहेको मौसमविद् विभूति पोख्रेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार पहाडी भेगको मौसम आंशिकदेखि सामान्य बदली तथा बाँकी ठाउँको मौसम एकैछिन बादल लाग्दै घाम लाग्ने खालकाे हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।