अर्थतन्त्रमा सुधार आएकोले ढुक्कसँग लगानी गर्नुहोस् : अर्थमन्त्री प...
मंसिर १५, २०८१ शनिबार
काठमाण्डौ - चालु आर्थिक वर्षको पहिलो सात महिनासम्म नेपालको व्यापार सुधारतर्फ गइरहेको छ । भन्सार विभागकाे अनुसार गएको साउन महिनादेखि माघ समान्तसम्म विदेशबाट वस्तु तथा सेवा नेपालमा ल्याउने क्रम अर्थात आयात ३ दशमलव ५६ प्रतिशतले घटेको छ ।
सात महिनामा ८ खर्ब ३ अर्ब ६० करोड रुपैयाँको वस्तु तथा सेवा आयात भएको छ । गएको वर्षको पहिलो सात महिनामा ८ खर्ब ३३ अर्ब २६ करोड रुपैयाँको वस्तु र सेवा आयात गरिएको थियो ।
यस्तै यो आर्थिक वर्षको सुरुदेखि नै बढेको निर्यात माघ महिनासम्म पनि बढिरहेको थियाे । सात महिनामा निर्यात २२ दशमलव ४१ प्रतिशतले बढेको छ । सात महिनामा नेपालले पोहोरको यही समयकाे भन्दा झण्डै १२ अर्ब बढीको वस्तु तथा सेवा निर्यात गरेको छ ।
गएको साउनदेखि माघसम्म ६४ अर्ब ९७ करोड १२ लाख रुपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात गरेको छ । गएकाे वर्षकाे यही अवधिमा ५३ अर्ब ७ करोड रुपैयाँको वस्तु तथा सेवा निर्यात गरेको थियो । तर पुस महिनाको तुलनामा भने माघमा निर्यात घटेको छ । पुसमा निर्यात २६ दशमलव १३ प्रतिशतले बढेको थियो ।
विशेषगरी भारतले नेपालबाट पाम आयल लैजान प्रतिबन्ध लगाएपछि नेपालको समग्र निर्यात घटेको हो । पुसदेखि माघसम्म पाम आयल निर्यात नै भएको छैन । यस्तै आयातको दर पनि बढेको छ । पुस महिनासम्म आयात दर ४ दशमलव शून्य ४ प्रतिशतले घटेकोमा माघ महिनामा यो ३ दशमलव ५६ प्रतिशतले मात्रै घटेको छ ।
सात महिनामा नेपालको व्यापार घाटा पाँच दशमलव ३३ प्रतिशतले घटेको छ । चालू आर्थिक बर्षका सात महिनामा नेपालको व्यापार घाटा ७ खर्ब ३८ करोड ६३ लाख रुपैयाँ रहेको भन्सार विभागले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।