नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डौ - इजिप्टका पूर्वराष्ट्रपति होस्नी मुवारकको ९१ वर्षको उमेरमा निधन भएको छ ।
३० वर्ष इजिप्टमा शासन गरेका हाेस्नीकाे मङ्गलबार निधन भएकाे हाे । उहाँको कायरोमा रहेको सेनाको अस्पतालमा निधन भएको स्थानीय सञ्चारमाध्यमलाई उदृत गर्दै बीबीसीले जनाएको छ ।
मुवारकले सन् १९८१ देखि २०११ सम्म इजिप्टका राष्ट्रपतिकाे कार्यभार सम्हाल्नु भएकाे थियाे । प्रदर्शनकारीको हत्या आरोपमा दोषी ठहर गर्दै उहाँलाई जन्मकैदको फैसला सुनाइएकाे थियो । तर पछि फैसला उल्ट्याँउदै सन् २०१७ मा उहाँलाई रिहा गरिएको थियो ।
राजनीतिमा प्रवेश गर्नुअघि उहाँ हवाइ सेनाका मार्सल हुनुहुन्थ्यो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।