चिलिमेका ३ वटा जलविद्युत् आयोजनाको निर्माण सकियो, १६८ मेगावा...
मंसिर ८, २०८१ शनिबार
काठमाडाैं - सिनेमा ‘सुश्री सम्पत्ति’को ‘हुकुम बक्सियोस्’ बुधबार सार्वजनिक गरिएको छ ।
बुधबार काठमाडाैंको राइजिङ मलमा एक कार्यक्रमको आयोजना गर्दै सिनेमाको गीत सार्वजनिक गरिएको हो ।
गम्भीर बिष्टको कोरियोग्राफी रहेको यस गीतमा सिनेमाका तीन मुख्य कलाकार सलोन बस्नेत, सारा सीर्पाइली र विनोद न्यौपानेलाई फिचर गरिएको छ ।
सुरेश अधिकारीको शब्द तथा संगीत रहेको यस गीतमा मेलिना राई र विशाल राईको आवाज रहेको छ ।
गीत सार्वजनिक कार्यक्रममा निर्देशक सुब्रत राज आचार्य, कोरियोग्राफर गम्भीर बिष्ट, अभिनेताहरु सलोन बस्नेत, विनोद न्यौपाने, राजाराम पौडेल, जयनन्द लामा लगायतको उपस्थिति थियो ।
कार्यक्रममा अभिनेत्री सारा सीर्पाइली अस्वस्थताका कारण उपस्थित हुन सकिनन् ।
संगीतकार सुरेश अधिकारी पनि कार्यक्रमको सिलसिलामा विदेश भएका कारण कार्यक्रममा उपस्थित हुन सकेनन् ।
भदौ २२ गतेदेखि प्रदर्शन हुने ‘सुश्री सम्पत्ति’ मा सलोन बस्नेत, सारा सीर्पाइली, विनोद न्यौपाने, प्रमोद अग्रहरी, राजाराम पौडेल, जयनन्द लामा, विसारद बस्नेत, सुनिता श्रेष्ठ ठाकुर, प्रेमवर्षा खड्का, रोशनी कार्की, कमल देवकोटा र सन्तोष खनालको मुख्य भूमिका रहेको छ ।
सिनेमामा अभिनेत्री प्रियंका कार्कीले विशेष भूमिका निर्वाह गरेकी छिन् ।
यस सिनेमामा राजन ईशानको ब्याकग्राउण्ड स्कोर, अर्जुन तिवारीको छायाँकन र भरत रेग्मीको सम्पादन छ ।
सिनेमालाई विज्ञान राई, नुनम सुब्बा र रमन सिलकरले संयुक्त रुपमा निर्माण गरेका हुन् ।
राहुल ईन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यस सिनेमाका प्रस्तुतकर्ता भने रमेश त्वयना हुन् ।
उज्यालाे र गफगाफ डट कमकाे सहकार्य
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।