यू–१९ एशिया कप : नेपालले बङ्गलादेशलाई दियाे १ सय ४२ रनकाे ...
मंसिर १६, २०८१ आइतबार
निलम्बित अस्ट्रेलियाली क्रिकेट कप्तान स्टिभ स्मिथ क्यारेबियन प्रिमियर लिगमा समावेश बारबाडोस ट्रिइडेन्ट्स टिममा आवद्ध भएका छन् । उनले बंगलादेशी अलराउन्डर शकिब अल हसनको स्थानमा खेल्नेछन् ।
दक्षिण अफ्रिकासँग गएको मार्चमा खेलिएको टेस्ट क्रिकेटमा बल बिगारेको आरोप लागेपछि क्रिकेट अस्ट्रेलियाले स्मिथलाई १२ महिनाका लागि निलम्बन गरेको थियो ।
ब्याटिङतर्फ विश्व वरीयता क्रममा नम्बर १ मा रहेका स्मिथमाथि आफ्नो मुलुक वा आफ्नो प्रान्तका लागि पहिलो श्रेणीको क्रिकेट समेत खेल्न नपाउने गरी प्रतिबन्ध लगाइएको छ, तर उनलाई क्लब स्तरका खेल खेल्ने अनुमति छ । हालैमात्र उनले क्यानडामा सम्पन्न टी–२० क्रिकेट खेलेका थिए ।
बारबाडोस ट्रिडेन्ट्सले छ टोली सहभागी टी-२० क्रिकेटमा स्मिथले खेल्ने पक्का भएको र हस्ताक्षर पनि भइसकेको घोषणा गरेको छ । यो क्यारेबियन क्रिकेट सिरिज सन् २०१३ बाट सुरु भएको छ ।
ट्रिडेन्ट्सका प्रशिक्षक रोबिन सिंहले बंगलादेशी अलराउन्डर शकिब अल हसन खेल्न नपाउँदा दुःख लागेको भन्दै स्मिथलाई ल्याउन पाउँदा आफ्नो टिम सशक्त बनेको प्रतिक्रिया दिए ।
ट्रिडेन्ट्सले अगस्ट १२ मा गुयनाको अमेजन वारियर्ससँग पहिलो खेल खेल्नेछ ।
क्यारेबियन प्रिमियर लिगमा नेपाली युवा स्पिनर सन्दीप लामिछाने पनि सेन्ट किट्स एण्ड नेभिस प्याट्रिओट्समा आवद्ध छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।