नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डौ - कोभिड-१९ अर्थात कोरोना भाइरसको सङ्क्रमणबाट अमेरिकामा दोस्राे व्यक्तिको ज्यान गएको छ ।
आइतबार बिहान एक जनाको ज्यान गएको र साेमबार बिहान अर्को व्यक्तिको पनि ज्यान गएको न्यूयोर्क टाईम्सले जनाएको छ । वासिंगटनको किङ्ग काउन्टीमा एक अस्पतालमा उपचार गराईरहेका ७० वर्षीय पुरुषको ज्यान गएको अमेरिकी स्वास्थ्य अधिकारीले पुष्टि गरेको खबरमा उल्लेख छ ।
ज्यान गुमाउनेको संख्या तीन हजार नाघ्यो
कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ३ हजार ५३ पुगेको छ । संक्रमण सुरु भएको चीनमा २ हजार ९१२ जना र चीनबाहिर १४१ जनाको ज्यान गएको हो ।
चीनबाहिर ईरानमा दुई सय १०, ईटालीमा ४१ र दक्षिण कोरियामा २२ जनाको ज्यान गएको छ । ६८ देशमा फैलिएको कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या विश्वव्यापी रुपमा ९० हजार नाघेको बीबीसीले जनाएको छ ।
चीनमा घट्दै, अन्यत्र बढ्दै
चीनमा पछिल्ला दिनहरुमा कोरोना सङक्रमितको संख्या र ज्यान गुमाउनेको संख्या घटिरहेको छ । तर चीनबाहिरका देशमा प्रकोपको रुप लिन थालेको छ ।
चीनबाहिर दक्षिण कोरियाको अवस्था पनि खराब हुन थालेको छ भने ईटाली, ईरान लगायतका देशमा पनि कोरोनाको सङ्क्रमण उच्च गतिमा फैलिएको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । कतार लगायत खाँडीका देशमा समेत कोरोना संङ्क्रमित भेटिएका छन् ।
निको हुनेको संख्या बढ्दो
कोरोनाबाट सङ्क्रमित हुनेहरुमध्ये उपचारपछि निको हुने क्रम पनि बढिरहेको छ । अहिलेसम्म सङक्रमित भएकामध्ये ४५ हजार १४४ जना उपचारपछि घर फर्किएका छन् ।
विश्व स्वास्थ्य सङ्गठनले कोरोनाको सङ्क्रमितको मृत्युदर २ देखि ५ प्रतिशतकोबीचमा रहेको जनाएको छ । तर ०.१ प्रतिशत मृत्युदर रहेको मौसमी फ्लूको कारण बर्सेनि ४ लाख मानिसको ज्यान जाने गरेकोले कोरोनाको मृत्युदरको अवस्था भयावह भएकोे विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।