जुम्लाका ८ वटै पालिका साक्षर घोषणा
मंसिर ८, २०८१ शनिबार
साधारणतया हिउँदको समयमा कम पानी पर्छ । यो बेला लामो समयसम्म पानी नपर्ने हुँदा सबैतिर सुख्खा हुन्छ । हरेक वर्ष हिउँदको समयमा बालीलाई सिँचाइ कसरी गर्ने भन्ने किसानलाई चिन्ता हुन्छ । तर यसपालिको मौसम किसानको लागि असल मित्रजस्तै बनिदिएको छ । सिँचाइ दिन पर्ने बेलामा मौसमले साथ दिँदा बालीनालीलाई फाइदा पुगेको छ ।
भर्खरै सिँचाइ गरेका गहुँबाली वा मुसुरोका दालमा भने अहिलेको पानीले असर पनि गर्न सक्छ । तर यसलाई जोगाउन पानी जम्ने खालका चिम्टाइलो माटो भएको खेतबारी छ भने निकास दिनुपर्छ । आली काटेर वा नाला काटेर तुरुन्तै पानीको निकासा दिन सकिन्छ । यी दुई बाहेकका बालीलाई भने अहिलेको पानी अमृतसरह हो ।
खेतीपाती गर्ने र व्यवसायिक फलफूल, तरकारी खेती गर्नेले यतिबेला परेको पानीको फाइदा लिन सक्छन् । यतिबेला आँप, आरु र आलुबखडालगायत सबैजसो फलफूलको फूल फूल्ने सम्भावना भएकाले यो सिँचाइ गर्नु पर्ने समय हो । यस्तो समयमा वर्षा भएकाले अब सिँचाइ गर्नुपर्दैन । तर पानी परेर जमिन चिसो भएकाले मल राख्न सकिन्छ ।
हिउँद लागेपछि हरेक महिनाजसो पानी परेकाले यसले उत्पादन समेत बढाउन सक्ने सम्भावना छ । सिँचाइको सुविधा नभएका ठाउँमा पनि आकाशे पानीले जमिन भिजेकाले अब खनजोत गरी बीउँ राख्न र लहरे तरकारीका लागि बिरुवा उमार्न सकिन्छ ।
काँक्रो, फर्सी, चिचिण्डा र करेलालगायत लहरे तरकारीको बीउँ उमार्ने बेला भएको छ । यस्ता तरकारीलाई सिधै खेतबारीमा बीउँ रोप्नुभन्दा प्लाष्टिकको गुमोज बनाएर वा साना साना प्लाष्टिकका थैलामा माटो राखेर बीउ उमार्न सकिन्छ । यसरी उमारेको बिरुवा लगाए छिट्टै हुर्कन्छ ।
यस्तै, अहिलेको वर्षाले चैते धानलाई पनि फाइदा पु¥याएको छ । यो चैते धानको दाना लाग्ने बेला भएकोले यतिबेलाको वर्षाले दाना पुष्ट गराउन सहयोग गर्छ । यस्तै, अब मकै बाली लगाउने बेला भएको छ । तर बाली लगाउनुअघि किसानले बीउँ छनौटमा ध्यान दिनुपर्छ ।
सरकारले सिफारिस गरेका र दर्ता भएका जातका बीउ मात्र किसानले लगाउनुपर्छ । यस्तै, यस्ता बीउँ खरिद गर्दा बिल अनिवार्य लिनुपर्छ । सरकारले नै सिफारिस गरेको र दर्ता भएको बीउँमा पछि केही समस्या देखिए किसानलाई राहत लिन बिलले प्रमाणको काम गर्छ ।
किसान आफैँ पनि सचेत नहुँदा बालीनालीमा नोक्सानी पुग्ने गरेको छ । हाइब्रिड जातका बीउँ छनौट गर्दा दर्ता भएको बीउँ मात्रै छनोट गर्नुपर्छ । अहिले बारा, पर्सा र रौतहटलगायतका तराईका जिल्लामा धान र मकैमा देखिएको समस्या पनि यस्तै हो ।
सरकारले दर्ता नै नगरेको बीउँ लगाइएकोले किसान समस्यामा परेका हुन् । व्यापारीले उही जातको तर फरक प्रजातिका बीउँ बेच्ने गरेकाले यस विषयमा किसान चनाखो हुनुपर्छ । यस्तै, घरमा नै बीउँ तयार पार्ने हो भने पनि सचेतना अपनाउनु पर्छ । मकैको बीउँ छान्दा टुप्पो र फेदपट्टीको दानाभन्दा बीचमा रहेका दानालाई बीउँका लागि छनौट गर्नुपर्छ ।
धानको बीउ पनि छाँटेर नुन पानीको घोलमा डुबाउने । अनि केही बेरपछि नुनपानीमा तैरिएको धानलाई छुट्टाएर मुनि रहेका धानलाई बीउँको रुपमा राख्नुपर्छ । यसरी बीउँ छनोट गर्दा पुष्ट दाना पर्छ । तर यसरी भिजाइएको धानको बीउँलाई घाममा भने सुकाउन हुँदैन ।
यस्तै, हिउँदे मकै लगाउँदा कार्तिक १५ गतेभन्दा अगाडि बीउ छर्नु हुँदैन । त्यसभन्दा अगाडि बीउ छरेका मकैमा दाना नलाग्ने सम्भावना धेरै हुन्छ । यस्तो बेला छरेका मकै पुस माघको शितलहरमा पर्न सक्ने हुन्छ ।
चिसोका कारण निष्क्रिय हुने हुँदा गर्भाधान हुन पाउँदैन र यसले गर्दा दाना लाग्न पाउँदैन । कार्तिक १५ गतेभन्दा पछि रोपेका मकैमा भने समस्या पर्न सक्ने जोखिम कम हुन्छ ।
(नेपाल कृषि अनुसन्धान परिषद्का बाली तथा बागवानी निर्देशक एंव वरिष्ठ कृषि वैज्ञानिक उपे्रतीसँग उज्यालो सहकर्मी दीपा तिमल्सिनाले गर्नुभएको कुराकानीमा आधारित)
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
उप्रेती नेपाल कृषि अनुसन्धान परिषद्का बाली तथा बागवानी निर्देशक एंव वरिष्ठ कृषि वैज्ञानिक हुनुहुन्छ ।