जम्मू–कश्मीरमा सामाजिक सञ्जालमाथिकाे प्रतिबन्ध हट्याे, इन्टरनेट क्षमता २जी नै

 फागुन २२, २०७६ बिहीबार १२:४१:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – बुधबार जम्मू–कश्मीरमा सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध हटाइएको छ तर अहिले इन्टरनेटको स्पीड (क्षमता) २जी हुनेछ । 

गएको ५ अगस्टमा केन्द्र सरकारले जम्मू–कश्मीरको विशेष राज्यको दर्जा समाप्त गरेपछि नै त्यहाँ इन्टरनेट सेवामा प्रतिबन्ध लगाइएको थियो । 

कैयौँ शर्तसँगै यही वर्षको जनवरी २५ मा जम्मू–कश्मीरमा इन्टरनेट सेवा सुरु गरिएको थियो तर इन्टरनेट क्षमता २जी नै राखिएको थियो । इन्टरनेट सेवा सुरु गरिएसँगै सामाजिक सञ्जालमा प्रतिबन्ध कायम रहने र केही छानिएका वेबसाइट्समात्र खुल्ने शर्त राखिएको थियो । 

बुधबार जम्मू–कश्मीरमा सामाजिक सञ्जाल सुरु गर्ने जानकारी पाएलगत्तै कश्मीरमा रहेका मानिसहरुले निकै राहतको महसुस भएको बताएका छन् । साथै यो आदेशमा कुनै विशेष बेवसाइटमात्र खुल्ने भनेर पनि बताइएको छैन । 

यसअघि अधिकारीहरुको तर्फबाट आएको आदेशमा मात्र १६ सय बेवसाइट्सलाई मान्यता दिइएको थियो । 

सामाजिक सञ्जाल सुरु भए पनि त्यसको प्रयोगलाई लिएर केही नियम वा शर्तहरु पनि छन् । 

इन्टरनेटको क्षमता २जी नै रहनेछ, जबकि पोस्टपेड सिम कार्ड प्रयोग गर्नेका लागि भने इन्टरनेट सुविधा रहिरहनेछ । साथै प्रिपेड सिम प्रयोग गर्नेहरुका लागि जाँच प्रक्रिया नभएसम्म इन्टरनेट सेवा उपलब्ध हुनेछैन । 

यो नियम र शर्त आउँदो १४ मार्चसम्म लागू हुनेछ र यो समयभित्र संशोधन पनि गर्न सकिने बताइएको छ । 

अहिलेसम्म धेरैजसो कश्मीरका नागरिक सामाजिक सञ्जालको प्रयोग गर्नका 'भीपीएन' (भर्चुअल प्राइभेट नेटवर्क) को प्रयोग गर्दै आइरहेका थिए ।   

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया