नेपालमा आयाेजना हुने काभा पुरुष भलिबल क्लब च्याम्पियनशिपमा ५...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डाै – कोरोना भाइरस (काेभिड–१९) को प्रकोप सामना गरिरहेका देशहरुले अर्थतन्त्रलाई सुधार गर्न अरबाैँ डलर खर्च गर्ने योजना अघि सारेका छन् ।
चीनले कोरोनाको सङ्क्रमण नियन्त्रणतिर गइरहेकाे भन्दै अब उत्पादनमा जोड दिने घोषणा गरेको छ । चीनले अरु देशलाई समेत आर्थिक, प्राविधिक रुपमा सहयोग गर्ने निर्णय गरेको बीबीसीले जनाएको छ ।
यस्तै इटलीको सरकारले कोरोना भाइरसको प्रकोपले निम्त्याएकाे आर्थिक असरसँग जुध्न ११ अर्ब डलर खर्च गर्ने कार्यक्रम सार्वजनिक गरेको छ । इटलीले विशेष गरी साना व्यवसायलाई सस्तो ब्याजमा ऋण दिने कार्यक्रम अघि सारेको छ ।
जापानले अर्थतन्त्रमा ऊर्जा भर्न चार अर्ब डलर खर्च गर्ने तयारी गरेको बीबीसीले जनाएको छ । अमेरिका, दक्षिण कोरियालगायतका देशहरुले पनि प्रकोप नियन्त्रणका पहलसँगै अर्थतन्त्रलाई सङ्कटमा पर्न नदिन विभिन्न तरिकाबाट खर्च गर्ने कार्यक्रम सुरु गरेका छन् ।
चीनको वुहानबाट शुरु भएर विभिन्न १ सय १८ देशमा फैलिएको कोरोना भाइरसबाट बुधबार विहानसम्म एक लाख १९ हजार १७६ जनामा संक्रमण भएको छ । संक्रमित मध्ये ६६ हजार ६१७ जना उपचारपछि निको भएर घर फर्किएका छन् । ४२ सय ९५ जनाको ज्यान गएको छ ।
पछिल्लो २४ घण्टामा विश्वका विभिन्न देशमा गरी कोरोना भाइरसको संक्रमणबाट २ सय ७० जनाको ज्यान गएको छ भने ४७ सय ९५ जना नयाँ विरामी भेटिएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।