‘लरेन्स बिश्नाेईकाे सदस्य हुँ’ भन्दै नेपाली व्यवसायीलाई धम्की द...
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डौ - भारतीय अधिकारीहरुले कोरोना भाइरस (काेभिड–१९) को सङ्क्रमणका कारण इटली र इरानमा अलपत्र परेका भारतीयको उद्धार गरिएको बताएका छन् ।
कोभिड–१९ फैलिएसँगै सबै उडान रद्द भएपछि इटलीमा अलपत्र परेका दुई सय २० जना यात्रुलाई भारतको एअर इण्डिया विमानबाट राजधानी नयाँ दिल्ली ल्याइएको छ ।
उनीहरु आइतबार बिहान नयाँ दिल्ली आइपुगेका हुन् । भारतीय कनिष्ठ विदेश मन्त्री भी मुरलीधरनले ट्वीट गर्दै इटलीको मिलानबाट दुई सय ११ जना भारतीय विद्यार्थीसमेत दुई सय १८ जनालाई उद्धार गरिएको जानकारी दिएका छन् ।
विश्वभर अलपत्र परेका जो कोही भारतीयलाई उद्धार गर्न भारत सरकार तत्पर रहेको पनि उनले बताए । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले कोभिड–१९ लाई विश्वव्यापी महामारीको संज्ञा दिएसँगै भारतले आफ्ना नागरिकको उद्धार गरेको हो ।
इरानमा अलपत्र परेका दुई सय ३४ जना भारतीय पनि नयाँ दिल्ली आइपुगेका छन् । दुई वटा एयर इण्डियाकाे जहाजबाट ती सबै यात्रुलाई राजस्थानमा रहेकाे जैसल्मेरमा भारतीय सेनाद्वारा निर्मित क्वारेन्टाइन केन्द्रमा राखिने छ ।
यसैबीच कोभिड–१९ बाट भारतमा सङ्क्रमित हुनेकाे सङ्ख्या एक सय सात पुगेको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । भारतमा अहिलेसम्म कोरोनाकै कारण २दुई व्यक्तिकाे ज्यान गइसकेकाे छ ।
तीमध्ये साउदी अरेबियाको भ्रमण गरेका एक जना कर्नाटक राज्यका ७६ वर्षीय पुरुष तथा स्विजरल्याण्ड र इटली भ्रमण गरेकी पश्चिम दिल्लीकी ६८ वर्षीया एक महिला रहेकी छिन् ।
कोरोना सङ्क्रमण रोक्न भारत सरकारले विभिन्न उपायहरु अवलम्बन गरेको छ । धेरैजसो राज्यमा शैक्षिक संस्थाहरु र सिनेमा घरहरु मार्च ३१ सम्म बन्द गरिएका छन् ।
अधिकांश खेल कार्यक्रम पनि रद्द गरिएका छन् । मानिसहरुलाई अनावश्यक विदेश भ्रमण नगर्न र ठूलो समूहमा भेला नहुन सरकारले अनुरोध गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।