फ्राइडे रिलिज: हलमा एकसाथ ३ सिनेमा, कसले मार्ला बाजी?

 साउन ११, २०७५ शुक्रबार ११:५९:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - साउन ११ गते अर्थात आज देखि एकसाथ तीन सिनेमा प्रदर्शनमा आएका छन् । 

नरेश कुमार केसीको निर्देशन रहेको सिनेमा‘रोमियो एण्ड मुना’आज देखि प्रदर्शनमा आएको छ । यस सिनेमामा विनय श्रेष्ठ र सृष्टी श्रेष्ठ मुख्य भूमिकामा प्रस्तुत भएका छन् ।

म्युजिकल लभस्टोरीमाआधारित रहेको ‘रोमियो एण्ड मुना’ मा गौरव डोगावंकर, कोशिस क्षेत्री र  कालिप्रसाद बाँस्कोटाको संगीत रहेको छ । 

थाइल्याण्ड तथा नेपालका आकर्षक दृश्य समेटिएको यस सिनेमामा रोमियो र मुनाको प्रेमलाई फरक ढंगले प्रस्तुत गरिएको छ ।  

प्रसन्न गोपाली, रामबर्मा, कविन शाक्य र अभिनेता विनय मिलेर सिनेमा निर्माण गरेका हुन् । ‘रोमियो एण्ड  मुना’ २ करोडभन्दा माथिको बजेटमा निर्माण भएको सिनेमा हो । 

सिनेमाले लगानी उठाउला कि नउठाउला त्यसको लागि भने केही दिन कुर्नुपर्नेछ । यस सिनेमालाई दिपांकर सिग्देल र बाबु श्रेष्ठले संयुक्त रुपमा छायाकंन गरेकाहुन् भनेसम्पादनलोकेश बज्राचार्यले गरेकाहुन् ।

उता आजैदेखि सिनेमा ‘चीँमुसीचीँ’ पनि प्रदर्शनमा आएको छ । दिनेश श्रेष्ठको निर्देशन रहेको यस सिनेमामा  सुशान्त कार्की,  सुनिल क्षेत्री,  अलिशा शर्मा,  शिवराज कार्की,  शेखर अधिकारी,  कमलीवाईवा, शंशाक बस्याल लगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।  

देशभरका झण्डै ७० वटा हलमा प्रदर्शनमा आएको यो सिनेमा म्युजिकल थ्रिलर विधामा निर्माण गरिएको छ ।  बासु न्यौपानेले खिचेको यस सिनेमालाई  भुपेन्द्र अधिकारीले सम्पादन गरेका हुन् । 

सिनेमा पोखरा, काठमाडा‌ै,  दमौली, बै‌‌‍ंककमा खिचिएको हो । यो सिनेमानिर्माणमा ८५ लाखलागेको निर्माण पक्षले जनाएको छ । 

यस्तै आजै देखि सिनेमा‘सुकुलगुण्डा’ पनि प्रदर्शनमा आएको छ । अन्य दुई सिनेमाको तुलनामा यो सिनेमाले कम हलमा प्रदर्शन हुने मौकापाएको छ । प्रचार प्रसारमा पनि खासै समय नदिएका कारण यो सिनेमाका बारेमा दर्शकलाई पनि खासै जानकारी छैन । 

यस्तो अवस्थामा सिनेमाको कारोबार कस्तो होला? केही भन्न सकिने अवस्था छैन । यस सिनेमामा अभिनेत्री खुश्बु खड्का मुख्य भूमिकामा  छिन् । 

– उज्यालाे र गफगाफ डटकमकाे सहकार्य

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया