भारतीय प्रधानमन्त्री मोदीको देशवासीसँग अपिल : कोरोनाविरुद्ध लड्न ९ मिनेट समय छुट्याउनुस्

 चैत २१, २०७६ शुक्रबार ११:३६:४३ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ - भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार बिहान ९ बजे देशवासीको नाममा सम्बोधन गर्दै भिडियो सन्देश दिएका छन् । मोदीले भिडियो सन्देशमा नागरिकलाई अपिल गर्दै ‌‌‌‌‌‌‌‌आउँदो आइतबार अप्रिल ५ तारिखमा राति ९ बजे ९ मिनेटसम्म घरको ढोका या छतमा मैनबत्ती, दियो, टर्च वा मोबाइलको फल्याशलाइट बाल्न भनेका छन् ।

प्रधानमन्त्री मोदीले महामारीको समयमा निरन्तर प्रकाशतर्फ जानुपर्ने र सबैभन्दा बढी प्रभावित गरिबहरुलाई निराशाबाट आशातर्फ‌ डोर्याउनुपने बताएका छन् । उनले भने, 'यो सङ्कटबाट अन्धकार र अनिश्चितता देखिएको छ, त्यसबाट उज्यालोतर्फ बढ्नुपर्छ ।

यसलाई पराजित गर्न प्रकाश चारै दिशामा फैलाउनुपर्छ, यसर्थ यो आइतबार हामी सबै कोरोनाको सङ्कटलाई चुनौती दिऔँ । 'अप्रिल महिनामा एक सय ३० करोड देशवासीको सङ्कल्पलाई नयाँ उचाइमा लैजानुपर्छ ।

आउँदो आइतबार अप्रिल ५ तारिखको दिन म सबैको ९ मिनेट चाहन्छु ।' यसअघि थाल, शङ्ख, घण्टा बजाउँदा भिडभाड भएको भन्दै मोदीले दीप प्रज्वलन गर्न अपिल गरेका हुन् । दीप प्रज्वलन गर्दा पनि भिडभाड नगर्न उनले आग्रह गरेका छन् ।

यसबाट १ सय ३० करोड भारतीय जनता कोरोनालाई हराउन सक्षम रहेको सन्देश विश्वमा जाने उनको भनाइ  छ।

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया