दक्षिण कोरियामा राष्ट्रपतिलाई पक्राउ गर्न प्रहरी राष्ट्रपति निवासमा
पुस १९, २०८१ शुक्रबार
समुन्द्रको छेउमा रहेको सानो देश लेवनानको राजधानी बेरुत हो । लेवनानमा ९ हजार भन्दा धेरै नेपाली कामदार छन् त्यसमध्ये अधिकांश महिला छन् । उनीहरु मध्ये धेरैजसो घरेलु कामदारका रुपमा काम गर्छन् । केहि नेपाली होटल र रेष्टुराँमा काम गर्छन् ।
लेवनानमा मुख्य रुपमा अरबी भाषा बोलिन्छ । तर फ्रेन्च र अङ्ग्रेजी पनि धेरै बोलिने भाषा मध्येमा पर्छ । लेवनानको मुद्रालाई लेवनिज पाउण्ड(एलबिपी) भनिन्छ । एक सय नेपाली रुपैंया बरावर हालको दर अनुसार १ हजार ४ सय १३ एलबिपी हुन्छ ।
लेवनानमा क्रिश्चियन र ईस्लाम धर्म मान्नेहरुको बाहुल्यता छ । गर्मी याममा धेरै गर्मी हुने लेवनानमा जाडोयाममा निक्कै जाडो हुन्छ । लेवनानमा घरेलु कामदार श्रम कानुनको दायरामा पर्दैनन् । उनीहरुलाई कफला कानुन अन्तर्गत व्यवहार गरिने भएकाले उनीहरुको स्वतन्त्रता रोजगारदाताको निर्णयमा हुन्छ ।
लेवनानमा कामका लागि रोजगारदातामै आश्रित हुनु पर्ने भएकाले स्पोन्सरप्रति कामदार पूर्ण बफादार हुनु पर्छ । त्यसैले रोजगारदाताको घर छोडेमा कानुनी रुपमा अरु ठाउँमा काम गर्न पाईन्न, गरेमा त्यो अवैधानिक हुन्छ । रोजगारदाताको अनुमतिमा लेवनान बसाईका क्रममा बढीमा दुईपटक मात्र रोजगारदाता परिवर्तन गर्न पाईन्छ ।
अन्य थाहा पाईराख्नु पर्ने कुराहरु :
रोजगारदाता र कामदार बीच हुने सम्झौता प्रायः अरवी भाषामा हुन्छ । त्यसैले त्यस्तो सम्झौतामा कामदारले ध्यान दिनुपर्ने केहि कुराः
के भएमा रोजगारदातासँग सम्झौता तोड्न पाईन्छ ?
तर रोजगारदातासँग सम्झौता बदर गर्न प्रमाण आवश्यक पर्छ ।
सम्झौता बदर गर्नु परेमा सहयोगका लागि कहाँ सम्पर्क गर्ने ?
Honorary Consulate General of Nepal in Beirut
Address: Badaro Street, Nadim Comair Bldg, 8th Fl, Beirut.
Tel: 00961-1-386 690
कन्सुलरको कार्यालय, बेरुत
बाडारो स्ट्रिट, नाडिम कोमेर बिल्डिङ, आठौं तल्ला, बेरुत
फोन नम्बरः ००९६१—१—३८६ ६९०
KAFA (Enough) Violence & Exploitation
Address: 43, Beydoun Building, Babaro Street (across from the Social Security building), Beirut.
Hotline: 00961-76-090910
Tel: 00961-1-392220 or 00961-1-392221
Provides victims of physical and sexual abuse with free social and legal help, forensic medical report and referral to a shelter.
काफा
४३, बेइडोन बिल्डिङ, बाबारो स्ट्रिट, बेरुत
हट लाइनः ००९६१—७६—०९०९१०
फोन नम्बरः००९६१—१—३९२२२० अथवा ००९६१—१—३९२२२१
(यो संस्थाले पीडितलाई निःशुल्क रुपमा सामाजिक र कानुनी सहयोग, मेडिकल जाँच र बस्नका लागि ठाउँ उपलव्ध गराउँछ ।)
Caritas Lebanon Migrant Centre
Address: Takla center, facing futuroscope, Charles Helou Boulevard, Sin el Fil, Mount Lebanon.
Hotline: 00961-3-290066 & 00961-3-092538
Tel: 00961-1-502 550
Provides free social, psychological, medical and legal help, and shelter.
कारिटास लेवनान माइग्रेन्ट सेन्टर
टाल्का सेन्टर, चाल्र्स हेलउ बुलभार्ड, सिनएलफिल, माउन्ट लेवनान
हटलाइनः ००९६१—३—२९००६६ र ००९६१—३—०९२५३८
फोन नम्बरः ००९६१—१—५०२५५०
(यसले बस्ने ठाँउसँगै निःशुल्क रुपमा सामाजिक, मानसिक, मेडिकल र कानुनी सहयोग दिन्छ ।)
Non-Resident Nepali Association (NRNA)
Contact name & Tel: Dilli Poudal 00961-3-898627
Email: [email protected]
गैर आवासिय नेपाली संघ (एनआरएन), लेवनान
सम्पर्कका लागिः डिल्ली पौडेल
फोन नं: ००९६१—३—८९८६२७
ईमेलः[email protected]
(लेवनानमा रहेका नेपालीको सामाजिक संस्था गैर नेपाली आवासिय संघले जेलमा रहेका नेपालीलाई सहयोग गर्छ । यसले नेपाली नागरिकको सामाजिक सुरक्षाका लागि काम गर्छ ।)
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।