सुदूरपश्चिम रोयल्सको मुख्य प्रायोजकमा ग्लोबल आईएमई बैंक
मंसिर १५, २०८१ शनिबार
काठमाण्डौ - नेपाल राष्ट्र बैंकले असार मसान्तसम्म तिर्नुपर्ने कर्जाको ब्याजमा पनि सहुलियत दिने भएको छ ।
नेपाल राष्ट्र बैंकको ६५ औं वार्षिकोत्सवका अवसरमा गभर्नर महाप्रसाद अधिकारीले वक्तव्य जारी गरेर चौथो त्रैमासिकमा भुक्तानी गर्नुपर्ने ब्याजमा सहुलियत प्रदान गर्न आवश्यक व्यवस्था मिलाइने जनाउनुभएको हो ।
कोभिड-१९ बाट बढी प्रभावित क्षेत्रलाई चालु पुँजी कर्जा प्रदान गर्ने व्यवस्थालाई थप सहज बनाउन आवश्यक व्यवस्था मिलाइने भएको छ ।
साना तथा मझौला उद्योग, पर्यटन र कोभिड-१९ को प्रभाव अत्याधिक परेका क्षेत्रमा प्रादेशिक सन्तुलनसमेत कायम हुनेगरी यस बैंकबाट प्रदान गरिने पुर्नकर्जा सहज ढङ्गले प्रवाह गर्न पुर्नकर्जा कार्यविधिमा संशोधन गरिने पनि गभर्नर अधिकारीले जानकारी दिनुभयो ।
यस्तै ६० अर्ब रुपैयाँको अहिलेको पुर्नकर्जा कोषलाई आवश्यकता अनुसार क्रमशः वृद्धि गर्दै लैजाने व्यवस्थासमेत मिलाइने बैंकिङ क्षेत्रबाट हुने कर्जा प्रवाहलाई थप सहजीकरण गर्न आवश्यक उपायहरु अवलम्बन गरिने भएको छ ।
कोभिड–१९ बाट वढी प्रभावित भएका क्षेत्रमा प्रवाह भएको कर्जालाई पुर्न:तालिकीकरण वा पुर्नसंरचना गर्न सकिने सुविधा प्रदान गर्न आवश्यक व्यवस्था मिलाइने भएको छ ।
लकडाउनको अवधिमा भुक्तानी गर्नुपर्ने कर्जाको भुक्तानी अवधि थप गर्न सकिने व्यवस्था मिलाइने पनि राष्ट्र बैंकले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।