मानव अधिकार उल्लङ्घन गरेको आरोपमा अमेरिकाद्वारा चीन र रुसी क...
मंसिर २६, २०८१ बुधबार
मोरङ - प्रदेश १ मा नागरिकको रोग प्रतिरोधी क्षमता बढाउन आयुर्वेदिक तथा होमियोप्याथिक औषधी खुवाउन थालिएको छ ।
प्रदेश सरकारले कोरोना उपचार केन्द्र विराटनगरमा उपचार गराइरहेका कोरोना सङ्क्रमित तथा निको भएर फर्किएकाहरुको लागि आयुबेवदिक औषधी वितरण गर्दै आएकोमा अब होमियोप्याथिक औषधी पनि उपलब्ध गराउने भएको छ ।
रोग प्रतिरोधी क्षमता बढाउनको लागि होमियोप्याथिक औषधि निशुल्क उपलब्ध गराइने भएको हो ।
सामाजिक विकास मन्त्रालयमा होमियोप्याथिक संघका पदाधिकारीहरुले रोग प्रतिरोधी क्षमता बढाउने खालका औषधी वितरण गर्ने बारेमा छलफल गरेको हो ।
आयुर्वेदिक उपचार गर्ने संस्थाहरुले पनि ३ प्रकारका औषधी दिँदै आएकोमा अब होमियोप्याथिक आर्सेनिक एल्व औषधी पनि दिइने मन्त्रालयको तयारी छ ।
त्यस्तै सङ्क्रमित क्षेत्रमा पनि होमियोप्याथिक औषधी वितरणको व्यवस्था मिलाउने बारेमा पनि छलफल भएको होमियोप्याथिक एशोसिएशनका अध्यक्ष डा. केपी सुबेदीले बताउनुभयो ।
भारतले आर्सेनिक एल्व नामको औषधी यस अघि नै प्रयोग गरेकोले यहाँ प्रयोग गर्न लागिएको डा. सुबेदीको भनाइ छ ।
होमियोप्याथिक एशोसिएशनको टोलीसँगको छलफलको क्रममा सामाजिक विकास मन्त्री जीवन घिमिरेले उदयपुरमा एकदिने अभियान सञ्चालन गरेरै उदयपुरको भुल्के क्षेत्रका करिब २ हजार नागरिकलाई होमियोप्याथिक औषधी वितरण गर्ने र झापाको दक्षिणी क्षेत्रमा पनि यो अभियान सञ्चालन गर्न सकिने बताउनु भयो ।
आयुर्वेद औषधी बिरामीको हातमा
प्रदेश सरकारले पहिलो कोरोना बिशेष अस्पताल कोभिड १९ उपचार केन्द्रबाट निको भएर फर्किएका र उपचाररत संक्रमितलाई पनि अश्वगन्धा, गुर्जो, च्यवनप्राश वितरण गरेको छ ।
यसले उपचार भएर फर्किएका बिरामी र उपचाररत संक्रमितको रोग प्रतिरोधी क्षमता बढाउने सामाजिक विकास मन्त्रालयका आयुर्वेद चिकित्सक डा. सरोज विशालले बताउनुभयो ।
विश्व स्वास्थ्य संगठनले समेत अश्वगन्धा, गुर्जो, च्यवनप्राश लगायतका बनस्पतिजन्य औषधी कोरोनाबाट संक्रमित भएका ब्यक्तिहरुलाई सेवन गराउन सक्ने निश्कर्ष निकालेकोले उपलब्ध गराइएको डा.विशालको भनाइ छ ।
भारतमा कोरोना उपचारको लागि आयुर्बेद औषधीहरु प्रयोग गर्नका लागि आधुनिक अनुसन्धान कर्ताहरुले क्लिनिकल ट्रायल सुरु गरिसकेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।