एनपीएल खेल्न स्कटल्यान्डका मक्मलेन नेपाल आइपुगे
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डौ - चीनमा कोरोना भाइरसको महामारी नियन्त्रणमा आएसँगै सरकारले आवतजावतमा सहज बनाउने, आर्थिक गतिविधिलाई फेरि चालु गर्ने र विद्यालयहरू सञ्चालन गर्ने निर्णय लिएको छ ।
सरकारको निर्णयपछि सोमबारसम्ममा १० करोडभन्दा बढी विद्यार्थीले विद्यालय तथा क्याम्पसका कक्षाहरूमा उपस्थित भएका छन् । यो चीनभर रहेका विद्यार्थीहरूको कुल सङ्ख्याको ३९ प्रतिशत हो ।
चीनको शिक्षा मन्त्रालयका उच्च अधिकारी वाङ देङफङले विद्यालय खुलेपछि विद्यार्थीहरूको कक्षामा उपस्थिति हुने क्रम उल्लेख्य बढ्न थालेको बताउँदै पत्रकार सम्मेलनमा भन्नुभयो, ‘प्राथमिक विद्यालयदेखि विश्वविद्यालयसम्म विद्यार्थीहरू आउने क्रम जारी रहेको छ । सोमबारसम्ममा करिब दश करोड अर्थात् कूल विद्यार्थी सङ्ख्याको ३९ प्रतिशत सहभागिता भएको छ । बाँकी विद्यार्थीहरू पनि विद्यालय आउने क्रम क्रमशः बढ्ने क्रम रहेको छ ।’
विश्वमा महामारीको रूप लिएको कोरोना भाइरस शुरूमा अघिल्लो वर्षको डिसेम्बरमा चीनको वुहान शहरबाट पत्ता लागेको थियो । चीनमा कोरोना भाइरसबाट मंगलबारसम्ममा करिब ८३ हजार व्यक्ति सङ्क्रमित बनेका छन् भने चार हजार ६३३ जनाको मृत्यु भएको छ ।
चीनमा पछिल्ला दिनमा सङ्क्रमणका घटना छिटफुट देखिए पनि ती व्यक्तिहरू विदेशबाट आएका र आन्तरिकरूपमा सङ्क्रमण हुने क्रम लगभग नियन्त्रणमा रहेको चिनियाँ अधिकारीहरूले बताउने गरेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।