पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
माेरङ - प्रदेश १ मा मंगलबार एकैदिन ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ९ जना र बीपी कोइराजा स्वास्थ्य प्रतिष्ठानमा गरिएको परीक्षणमा २ जना गरी ११ जनामा कोरोना पुष्टि भएको प्रदेश १ को सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार आज कोरोना पुष्टि भएका ११ मध्ये ९ जना झापाको केचना कवलका छन् । साेमबार झापाको केचनाकै एक व्यक्तिमा कोरोना पुष्टि भएको थियो । ती व्यक्तिकै सम्पर्कमा रहेका थप ९ जनामा कोरोना पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने यसको पुष्टि गर्न बाँकी छ ।
कपिलवस्तुमा पनि मंगलबार थप ४ जनामा कोरोना संक्रमण भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । तर स्वास्थ्य मन्त्रालयले यसको पुष्टि गरिसकेको छैन ।
यसअघि मन्त्रालयले सोमबार राति थप १८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जनाएको थियो। सोमबार एकैदिन ८० जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै मन्त्रालयले सङ्क्रमितको आधिकारिक सङ्ख्या ३७५ पुगेको जनाएको छ । मन्त्रालयले पुष्टि गर्न बाँकी भए पनि मंगलबार सङ्क्रमितको संख्या १५ जना थपिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।