पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
सुर्खेत - कर्णाली प्रदेशमा आज मात्रै एक हजार नौ सय ३० जना भित्रिएका छन् । मजदुरीका लागि भारत गएका कर्णालीका विभिन्न जिल्लाका उनीहरु आज आएका हुन् ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयले दिएको जानकारी अनुसार सुर्खेतका चार सय ५७, दैलेखका आठ सय २९, सल्यानका चार सय ५८, कालिकोटका ५४, जाजरकोटका ८१ र जुम्लाका ११ जना छन् ।
उनीहरु सबैको आरडीटी परीक्षण गरेर मात्र पठाउने मन्त्रालयले जनाएको छ । अहिलेसम्म ६ सय ५८ जनाको परीक्षण गरिएको र ११ जनाको पोजेटिभ देखिएकाले पीसीआर मेसिनमा परीक्षण गरिने तयारी गरिएको मन्त्रालयका सूचना अधिकारी कृष्ण खड्काले जानकारी दिनुभयो ।
आरडीटी परीक्षण गरे पनि सम्बन्धित पालिकाहरुमा अनिवार्य क्वरेण्टीनको व्यवस्था गरिएको उहाँको भनाइ छ । कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयकी निर्देशक रिता भण्डारीले बबई नाकामा बढी भिड भएकाले सम्बन्धित जिल्ला पुर्याउने बेलामा आरडीटी गर्ने गरी स्वास्थ्यकर्मीसहित पठाएको जानकारी दिनुभयो ।
जिल्लाको सीमामा पुगेपछि आरडीटी परीक्षण गर्ने उहाँको भनाइ छ । उहाँले सबैको रिर्पोट सङ्कलन गर्ने काम भइरहेको जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।