पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
सुर्खेत – कर्णाली प्रदेशमा थप ७५ जनामा कोरोना पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालय अन्तर्गतकाे स्वास्थ्य सेवा महाशाखाले प्रेस विज्ञप्तिमार्फत सोमबार ७५ जनामा काेराेना सङ्क्रमण पाइएकाे जनाएकाे हाे ।
प्रदेश अस्पताल र पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा दैलेखका १७ जना, सल्यानका १० जना र सुर्खेतका पाँच जनालाई कोरोना सङ्क्रमण देखिएको हो ।
यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा दैलेखका २२ जना र जुम्लाका १९ जनामा कोरोना संक्रमण देखिएको हो । जुम्लामा दुई जना सुरक्षाकर्मीमा पनि कोरोना सङ्क्रमण देखिएको छ ।
अहिलेसम्म कर्णालीका पाँच जिल्लामा कोरोना सङ्क्रमण देखिएको छ । सुर्खेत, सल्यान, जुम्ला, दैलेख र कालीकोटमा कोरोना सङ्क्रमण देखिएको हो । योसँगै कर्णालीमा कोरोना सङ्क्रमितको सङ्ख्या एक सय ९८ पुगेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।