६४ लाख पासपोर्ट छाप्न टेन्डर आह्वान
मंसिर १४, २०८१ शुक्रबार
काठमाण्डौ – भारतमा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गए पनि होटल, रेस्टुरेन्स तथा मल र धार्मिकस्थल खुल्ने भएको छ ।
भारतको स्वास्थ्य मन्त्रालयले सङ्क्रमणको उच्च जोखिमयुक्त क्षेत्रबाहेकका सपिङ्ग मल, होटल, रेस्टुरेन्ट धार्मिकस्थल खोल्ने निर्णय गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
आउँदो २६ गते अर्थात् जुन ८ तारिखदेखि यी क्षेत्र खोल्न अनुमति दिइएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार यी क्षेत्रमा ६ फिटको दुरी, मास्क, स्यानिटाइजेशन र थर्मल स्क्रिनिङलाई अनिवार्य गरिएको छ ।
होटल र रेस्टुरेन्टका सञ्चालकले ग्राहकको सबै जानकारी राख्नुपर्ने छ । परिचय पत्र, मोबाइल नम्बर, विदेश यात्रा र बिरामीको पूर्ण जानकारी अनिवार्य राख्नुपर्ने खबरमा उल्लेख छ ।
यो क्षेत्रमा कोरोनाको लक्षण नभएकालाई मात्रै जान अनुमति दिइने छ । यस्तै २४ देखि ३० डिग्रीसम्म एसी चलाउन अनुमति पाइने छ । सम्भव भएसम्म ताजा हावाको ओहारदोहोर हुनुपर्नेछ ।
यस्तै धार्मिकस्थल र मलमा ६५ वर्षभन्दा माथिका नागरिक, १० वर्षभन्दा कम उमेरका बच्चा, गर्भवती र बिरामीलाई नजान आग्रह गरिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।