पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
कैलाली - सुदूरपश्चिममा घर फर्किएर क्वरेण्टीनमा बसेका ६ जनाको ज्यान गएको छ ।
एक हप्तामा चार जिल्लामा गरी ६ जनाको क्वरेण्टीनमा ज्यान गएको हो । उनीहरुमध्ये तीन जनाको कोरोना जाँच भएकोमा रिपाेर्ट नेगेटिभ आएको छ । तीन जनाको भने कोरोना परिक्षण बाँकी नै रहेको छ ।
आज बिहान डोटीको केआईसिंह गाउँपालिकामा १९ वर्षीय युवकको ज्यान गएको हो । डोटीको केआईसिंह गाउँपालिकाको धिमे माध्यमिक विद्यालयको क्वरेन्टीनमा क्वरेण्टीनमा बसेका युवाको ज्यान गएको स्वास्थ्य कार्यालय डोटीका कोभिड–१९ सम्पर्क व्यक्ति सुर्यबहादुर विष्टले बताउनुभयो ।
मृतककाे कोरोना परीक्षणका लागि थ्रोट स्वाबको नमूना संकलन गरेर परीक्षणका लागि धनगढी पठाउने तयारी भइरहेको पनि उहाँले जानकारी दिनुभयो ।
यस्तै बैतडीमा पाटन नगरपालिका ६ भीमदत्त प्राविधिक शिक्षालयको क्वरेण्टीनमा बसेका ३१ वर्षका पुरुषको ज्यान गएको नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले जानकारी दिनुभयो । मृतकको स्वाब परिक्षणका लागि धनगढी पठाउने तयारी छ ।
बैतडीमा यसअघि पनि क्वरेण्टीनमा नै एक महिलाको ज्यान गएको थियो । पुर्चाैँडी नगरपालिका ४ मा मंगलबार महिलाको ज्यान गएको हो ।
बाजुराको खप्तड छेडेदह गाउँपालिका–७ मष्टा आधारभूत विद्यालयको क्वरेण्टीनमा पनि एक वृद्धको ज्यान गएको छ । ६५ वर्षका वृद्ध जेठ १६ गतेदेखि क्वरेण्टीनमा बस्नुभएको थियो ।
सर्वपक्षीय सहमति र विज्ञको सुझावका आधारमा शव व्यवस्थापन गरिएको प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले बताउनुभयो । डडेल्धुरामा पनि घर फर्किएकी महिला र एक बालकको ज्यान गएको छ ।
गन्यापधुरा गाउँपालिका १ असिग्राम आधारभुत विद्यालय रौनाकोट क्वरेण्टीनमा ३० वर्षीया महिलाको ज्यान गएको हो । तर उहाँको कोरोना रिपाेर्ट भने नेगेटिभ आएको छ । डडेल्धुरामा ७ वर्षीय बालकको पनि ज्यान गएको छ ।
डडेल्धुरा बहुमुखी क्याम्पसको क्वरेण्टीनमा राखिएका बालकको ज्यान गएको डडेल्धुराका प्रमुख प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताउनुभयो । बालकको कोरोना परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
सीताराम ओझा कैलालीका उज्यालाे सहकर्मी हुनुहुन्छ ।