कीर्तिपुरमा क्रिकेट उत्सव : रुखमा चढेर खेल हेर्दै दर्शक (फोटो ...
मंसिर १५, २०८१ शनिबार
दोलखा - उपभोक्ता संरक्षण ऐन विपरीत कार्य गर्ने दोलखाका आठ वटा पसल तथा उद्योग जरिबानामा परेका छन् ।
दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी एवम् बजार अनुगमन समितिका संयोजक सुदर्शन श्रेष्ठको नेतृत्वमा आज गरिएको अनुगमनका क्रममा दोलखा दुग्ध उद्योग, दुई वटा बेकरीसहित पाँच वटा खाद्यान्न पसल कारबाहीमा परेका हुन् ।
दोलखा दुग्ध उद्योग लिमिटेडले दैनिक बजारमा बिक्री वितरण गर्ने दूधको मूल्य तथा उत्पादन मिति नतोकी बिक्री वितरण गरेको थियो । त्यसैगरी दुई वटा बेकरीमध्ये चरिघ्याङको एउटा बेकरीमा ४५ दिनअघि नै म्याद सकेको ५८ बोरा मैदा जफत गरेको छ । अर्को बेकरीले दुनोटलगायतको मूल्य, उत्पादन मिति नतोकी बजारमा बिक्री गरेको पाइएको छ ।
कारबाहीमा परेका अन्य पाँच वटा खाद्यान्न पसलमा मूल्यसूची नराखेको, दर्ता प्रमाण पत्र नराखेको, सामान बिक्री गर्दा बिल प्रयोग नगरेको पाइएको छ । विशेषगरी फलफुलसहितका अन्य दैनिक उपभोग्य खाद्य वस्तुमा दोब्बरदेखि तेब्बरसम्म मूल्यवृद्धि गरेर बिक्री गरेको अनुगमन समितिले पाएको थियो ।
कारबाहीमा परेका व्यवसायीलाई कम्तीमा १० हजारदेखि ५० हजारभन्दा माथिसम्म जरिबना गरिने बताइएको छ । कारबाहीमा परेकाहरुलाई कारणसहित तीन दिनभित्र सम्बन्धित निकायमा आउन भनिएको छ ।
उनीहरुलाई ऐन बमोजिम जरिबाना गरिने अनुगमन समितिका सदस्य सचिव एवम् घरेलु तथा साना उद्योग कार्यालय दोलखाका प्रमुख सुजितकुमार झाले जानकारी दिनुभयो ।
जिल्ला प्रशासन कार्यालय दोलखा, घरेलु तथा साना उद्योग कार्यालयले सार्वजनिक सूचना जारी गर्दै कोरोना भाइरसको फाइदा लिइ मूल्यवृद्धि नगर्न अनुरोध गरेको थियो ।
कालोबजारी नरोकिएपछि आजबाट अनुगमन समिति कडा रुपमा प्रस्तुत भएको हो । कोरोना भाइरसको सङ्क्रमणले उत्पन्न भएको असहज परिस्थितिको अनुचित फाइदा लिने कुनै पनि क्रियाकलाप नगर्न अनुरोध गरिएको छ ।
व्यापारीले कालोबजारी गरेमा प्रमाणसहित जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय वा नजिकको प्रहरी कार्यालयमा खबर गर्नसमेत सम्पूर्ण उपभोक्तालाई अनुरोध गरिएको छ ।
बजार अनुगमनमा संयोजक सुर्दशन श्रेष्ठसहित घरेलु तथा साना उद्योग कार्यालय प्रमुख सुजितकुमार झा, दोलखाका प्रहरी निरीक्षक रेशम बोहरा, उपभोक्ता संरक्षण मञ्च दोलखाका अध्यक्ष शम्भु गौतमलगायत सहभागी थिए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
उज्यालोका दोलखा सहकर्मी उषा तामाङ कालीञ्चोक एफएममा पनि कार्यरत हुनुहुन्छ ।