पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
सुर्खेत - कर्णाली प्रदेश सरकारले कोरोना महामारी नियन्त्रण, भोकमरी, कृषि उत्पादन र रोजगारीलाई प्राथमिकता दिएर आर्थिक वर्ष २०७७/७८ को बजेट ल्याएको छ । सरकारले ३३ अर्ब ७४ करोड १३ लाख ५३ हजार बराबरको बजेट सार्वजनिक गरेको हो ।
प्रदेश सभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले बजेट प्रस्तुत गर्नुभएको हो । प्रदेश सरकारले पुँजीगततर्फ १९ अर्ब ६ करोड ९१ लाख २१ हजार, चालुतर्फ ११ अर्ब ६७ करोड र वित्तीय हस्तान्तरणतर्फ दुई अर्ब ९९ करोड ६५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।
चालु अन्तर्गत कोरोना उपचारमा ८७ करोड ४१ लाख, रोजगारतर्फ दुई अर्ब ५८ करोड २६ लाख र प्रशासनिकतर्फ आठ अर्ब ५१ करोड ९० लाख ३२ हजार रुपैयाँ विनियोजन गरिएको छ ।
प्रदेश सरकारले कोरोना महामारी, भोकमारी र रोजगार केन्द्रित बजेट ल्याएको मन्त्री ज्वालाले बताउनुभयो । स्वास्थ्य उपचार, रोजगारमूलक विकास र जीवनस्तरमा सुधार गर्ने, कृषि, उद्योग, पर्यटन विकास गरी उत्पादनमा वृद्धि गर्ने उहाँको भनाइ छ ।
कोभिड-१९ केन्द्रित स्वास्थ्य, खाद्यान्न र शिक्षाको लागि एक अर्ब ५० करोड ५८ लाखको कोष परिचालन गरिने बजेटमा समावेश गरिएको छ । रोजगारीको अवसर सिर्जना गर्न ६ अर्ब ५४ करोड बजेट विनियोजन गरिएको छ । साथै भूमि तथा कृषि क्षेत्रको लागि दुई अर्ब ७० करोड बजेट विनियोजन गरिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।