पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
काठमाण्डाै - नेपालमा अहिलेको प्रक्षेपित जनसङ्ख्या २ करोड ९१ लाख र कोरा मृत्युदर प्रतिहजार ९ का हिसाबले बर्सेनि कम्तीमा पनि (२९१*९=) २,६१,९०० दुई लाख एकसठ्ठी हजार नौ सय मानिस मर्छन् ।
यो हाम्रो स्वाभाविक कोरा मृत्युदरले बताउने सङ्ख्या हो र यो सङ्ख्या विकसित कहलाएका देशकै हाराहारीमा छ ।
अब यसैभित्र रुघा, जरो, टीबी, मलेरिया, बच्चाको लहरेखोकी, एड्स, हेपाटाइटिस या अन्य सरुवा रोग पनि छन्, र क्यान्सर, मिर्गौला, दम, मुटु, मातृमृत्यु वा दुर्घटनाजस्ता नसर्ने प्रकृतिका कारण पनि छन्।
मृत्यु सबै उमेर समूहका व्यक्तिमा हुन्छ, शिशु अवस्थामा केही बढी, अनि घट्दै १५ वर्षमा पुग्दा न्यून र बिस्तारै बढेर गइ वृद्ध अवस्थामा उच्च हुन्छ ।
हालसम्म सर्ने रोगका कारण हुने मृत्युको सङ्ख्या धेरै छ, तर अब नसर्ने कारण बढदो छ । २,६१,९०० लाई प्रतिमहिनामा हेरौं, सङ्ख्या २१,८०० जति हुन्छ ।
नेपालको हालको जनसङ्ख्यामा लगभग २२ हजार व्यक्ति प्रतिमहिना मरेकै हुन्छन् । यसमा, विकासका कारण सर्ने घटेको र नसर्ने रोग बढेकोले मृत्यु हुनेको सङ्ख्या आधा-आधा नै मानियो भने पनि १०,९०० त सरुवा रोगले नै होला । यो सङ्ख्या एक महिनामा ९०० हुन्छ ।
त्यसमा एउटा मात्रै टीबीका कारण कति होलान्, अरू हेपाटाइटिस, एचआईभी/एड्स वा अन्य कारणले मर्ने पनि कति होलान् । सयौंका सङ्ख्यामा मर्छन्, मरिरहेकै छन् । के हामीले यिनलाई महामारी भनेका छौँ र? यस्तो मृत्यु हाम्रो मात्र नभएर कुनै पनि जनसङ्ख्याको अत्यन्त स्वाभाविक प्रक्रिया हो ।
यसकारण, पाँच महिनामा जाबो १९/२० जना मर्दैमा लगभग ३ करोड जनसङ्ख्या भएको देशमा कोरोनालाई ठूलो महामारी भन्ने पक्षमा म छैन । यसले भइरहेको मृत्युदरलाई हालसम्म कुनै प्रभाव पारेकै छैन । मृत्युदरलाई नै चलायमान गराउने देखिँदो प्रभाव (significant effect) नपारी यो महामारी कहलिन सक्दैन ।
हो, रोकथामका उपाय र लागिसकेपछि गर्नुपर्ने सचेतताका लागि हाम्रो जागरुकता अवश्य चाहिन्छ, बेवास्ता गर भनेको होइन । बेवास्ता भएमा यो महामारी बन्नसक्छ, हालसम्म भने भएको छैन ।
तथापि, जुन रूपमा यसलाई अहिले प्रचार गरिएको छ, त्यसको रूप र जोखिमको अवस्था त्यही मात्रामा छैन भन्ने मलाई लाग्छ ।
तर, फेरि भनें- पूर्वसावधानी आवश्यक छ, हालसम्म भने यसलाई महामारी नभनौं । अर्को, स्वास्थ्य क्षेत्रमा नेपालमा भएको प्रगति त्यति निराशाजनक छैन, संसारका धेरै देशका तुलनामा हामी साह्रै तल छैनौं । त्यसैले सावधानी अवश्य राखौं, तर नआत्तिऔं न अत्याऔं ।
प्रदर्शनी र जुलुस तथा मिडियामा हुने तिनको प्रचारबाजीले जनमानसको मनोविज्ञानमा नकारात्मक असर पर्छ, तथ्यपरक काम गरौं । हौवा सृजना नगरौं ।
(लेखककाे फेसबुक पेजबाट)
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
आचार्य जनसङ्ख्याशास्त्रका सहप्राध्यापक तथा नेपाल स्रष्टा समाजका अध्यक्ष हुनुहुन्छ ।
Pratap
June 17, 2020, 12:34 p.m.Therefore the death is almost 3 times the normal attrition rate. Reported that 6591 found infected deaths 19 = 2.92 per thousand.