विश्वमा कोरोना सङ्क्रिमतमध्ये आधाभन्दा धेरै निको

 असार ६, २०७७ शनिबार ८:५४:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – विश्वमा कोरोना सङ्क्रमितमध्ये आधाभन्दा धेरै निको भएका छन् ।

झण्डै ८७ लाख ५८ हजार सङ्क्रिमत रहेकोमा ४६ लाख २५ हजार बढी निको भएका हुन् । सङ्क्रिमतमध्ये ४ लाख ६२ हजार ५ सयको ज्यान गएको छ । सबैभन्दा धेरै अमेरिकामा झण्डै २३ लाख सङ्क्रिमत भएका छन् भने ९ लाख ५६ हजार निको भएका छन् । अमेरिकामा १ लाख २१ हजारले ज्यान गुमाएका छन् ।

सङ्क्रिमत धेरै हुनेको सूचीमा दोस्रो स्थानमा रहेको ब्राजिलमा १० लाख ३८ हजार रहेका छन् । त्यहाँ ५ लाख २० हजार निको भएका छन् । ब्राजिलमा ४९ हजारको ज्यान गएको छ । भारतमा झण्डै ३ लाख ९६ हजार सङ्क्रिमत भएका छन् भने २ लाख १४ हजार निको भएको वल्र्डओमिटरले जनाएको छ ।

पछिल्लो विवरण अनुसार भारतमा १२ हजार ९ सय ७० जनाको ज्यान गएको छ । यसैविच विश्व स्वास्थ्य संगठनले महामारी खतरनाक चरणमा प्रवेश गरेको जनाएको छ । संगठनका प्रमुख टेड्रोस अधानोम ग्रेबियसले विश्व नयाँ र खतरनाक चरणमा प्रवेश गरेको भन्दै थप सचेत रहन आग्रह गर्नुभएको छ ।
 

अन्तिम अपडेट: मंसिर १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया