विश्वमा कोरोना सङ्क्रमितमध्ये ५० लाखभन्दा धेरै निको

 असार १०, २०७७ बुधबार ९:१:१० | उज्यालो सहकर्मी
unn.prixa.net

विश्वमा कोरोना सङ्क्रमितमध्ये ५० लाखभन्दा धेरै निको भएका छन् । वर्लडओमिटरका अनुसार ५० लाख ४१ हजार ७ सय भन्दा धेरै उपचारपछि निको भएका हुन् ।

विश्वमा कोरोना सङ्क्रमितको संख्या ९३ लाख ५० हजार भन्दा बढी छ । अहिलेसम्म ९३ लाख ५३ हजार ७ सयमा सङ्क्रमण पुष्टि भएको हो । सङ्क्रमितमध्ये आधाभन्दा धेरै निको भएका छन् । कोरोनाका कारण ४ लाख ७९ हजारको ज्यान गएको छ ।

कोरोनाबाट अमेरिकामा २४ लाख २४ हजार सङ्क्रमित भएका छन् । त्यहाँ १० लाख २० हजार निको भएका छन् भने १ लाख २३ हजार भन्दा धेरैको ज्यान गएको छ । ब्राजिलमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको संख्या ११ लाख ५१ हजार पुगेको छ भने रुसमा ५ लाख ९९ हजार ७ सय जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

ब्राजिलमा ६ लाख १३ हजार र रुसमा ३ लाख ५६ हजारभन्दा धेरै निको भएका छन् । छिमेकी भारतमा कोरोनाबाट ४ लाख ५६ हजार सङ्क्रमित भैसकेका छन् । त्यहाँ २ लाख ५८ हजार बढी निको भएका छन् । १४ हजार ४ सय ८३ जनाको ज्यान गएको छ ।

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया