मानव अधिकार उल्लङ्घन गरेको आरोपमा अमेरिकाद्वारा चीन र रुसी क...
मंसिर २६, २०८१ बुधबार
मोरङ – विराटनगर महानगरपालिकाले आउँदो आर्थिक वर्षको लागि तीन अर्ब ३७ करोड ८१ लाख १० हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । विराटनगर महानगरपालिकाकी उपप्रमुख इन्दिरा कार्कीले आउँदो आर्थिक वर्ष २०७७/०७८ को बजेटकाे नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएकाे हाे ।
आर्थिक वर्ष २०७६/७७ मा चार अर्ब १३ करोड ५० लाख ९२ हजार रुपैयाँ बराबरको आय अनुमान गरिएकोमा दुई अर्ब १३ करोड ९२ लाख ८३ हजार ५९ रुपैयाँ आम्दानी भएको काकीले जानकारी दिनुभयो । अनुमान गरिएको भन्दा कम आम्दानी भएपछि महानगरले यो वर्ष आयको अनुमान घटाएको हो ।
आन्तरिक आम्दानीतर्फ ८९ करोड ८२ लाख ९६ हजार सात सय, सङ्घीय सरकार तथा प्रदेश सरकारबाट प्राप्त हुने राजस्व बाँडफाँडतर्फ ७६ करोड ८२ लाख ५२ हजार नाै सय ४० तथा सङ्घ र प्रदेश सरकारको समानीकरण अनुदानतर्फ दुई करोड १० लाख, विशेष अनुदान १३ करोड, प्रदेश सरकारको समपूरक अनुदान तीन करोड, सङ्घ संस्था अनुदान तीन करोड २६ लाख, जन सहभागिताबाट प्राप्त हुने नाै करोड दुई सय २६ लाख आम्दानी हुने अनुमान गरिएको उपप्रमुख कार्कीले बताउनुभयो ।
आम्दानीको कुल अनुमानमा महानगरपालिकाले प्रशासनिक खर्चमा ३४ करोड १९ लाख ५० हजार, सामाजिक सुरक्षातर्फ ३६ करोड, फोहरमैला तथा वातावरणतर्फ ल्याण्डफिल साइडको जग्गा खरिदसहित ११ करोड ४९ लाख ५० हजार, नगर स्वास्थ्य सङ्घीय सरकारको समेत गरी १९ करोड ५७ लाख ९५ हजार, शैक्षिक विकास कार्यक्रमतर्फ सङ्घीय सरकारको समेत गरी ५६ करोड १३ लाख पाँच हजार रुपैयाँ खर्च हुने अनुमान प्रस्तुत गरिएको छ ।
महिला बालबालिका युवा विकास र खेलकुदको लागि दुई करोड नाै लाख २४ हजार, अन्य कार्यक्रमतर्फ ६ करोड ५२ लाख २१ हजार र भौतिक पूर्वाधारलगायत अन्य पुँजीगत खर्चको लागि एक अर्ब ७१ करोड ७९ लाख ६५ हजार रुपैयाँ विनियोजन गरिएको उपप्रमुख कार्कीले जानकारी दिनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।